२०७९, २४ श्रावण मंगलबार   |  
Tuesday 9th August 2022

स्मार्टफोनले प्रयाेगकर्ताका सबै गोप्य कुरा थाहा पाउँछ ! यसरी सुरक्षित रहनुहाेस्

धेरैजसो स्मार्टफोन प्रयोगकर्ताहरु आफू सामान्य व्यक्ती भएकाले ह्याकरको निशानामा नरहेको ठानिरहेका हुन्छन् । उनीहरुको अनुमान नै के हुन्छ भने ह्याकरहरु सरकार, नेता, ठूला व्यापारी, उद्योगी, सेलिब्रिटीलाई मात्रै निशाना बनाइरहेका हुन्छन् । तपाइको पनि यस्तै धारणा छ भने विभिन्न अनुसन्धानले त्यसलाई गलत सावित गरिसकेको छ । यसकाे मतलव हरेक सामान्य व्यक्ती इन्टरनेट दुनियाँमा उत्तिकै जाेखिममा छ । त्यसैले स्मार्टफाेन प्रयाेगकर्ताले आफूलाई यसरी केही मात्रामै भएपनि सुरक्षित राख्नसक्नुहुनेछ ।

सधैँ तपाइको अपरेटिङ सिस्टम तथा सफ्टवेयर अपडेटेड राख्नुहोस् ।

सार्वजनिक क्षेत्रका असुरक्षित नेटवर्कबाट बच्न वाईफाई अफ राख्नुहोस् । सत्तैमा पाइयाे भन्दैमा सकेसम्म जथाभावी रुपमा पब्लिक वाइफाइकाे प्रायोग नगर्नुहाेस् ।

फेसबुक, इमेल लगायतका आईडीमा टू फ्याक्टर अथेन्टिकेशनकाे प्रायाेग गर्नुहाेस् र मजबुत पासवर्ड राख्नुहाेस् ।

मोबाइलमा भएका एपहरुलाई आवश्यकताभन्दा बढी अनुमती नदिनुहोस् ।

निश्चतरुपमा फोनलाई सधैँ लक गरेर राख्नुहोस् ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team