close

ओप्पोको नयाँ ए सिरिज २०२० सार्वजनिक

टेकपाना टेकपाना

असोज ६, २०७६ १४:२९

ओप्पोको नयाँ ए सिरिज २०२० सार्वजनिक


चिनियाँ मोबाइल निर्माता कम्पनी ओप्पोले नेपालमा आफ्नो नयाँ ए सिरिज २०२० सार्वजनिक गरेको छ । जसमाओप्पो ए सिरिज २०२० अन्तर्गत ओपो एनाइन २०२० र ओपो एफाइभ २०२० रहेका छन् ।

मध्यम वर्गीय प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएका यी स्मार्टफोन उच्च गुणस्तर र मितव्ययीताको समायोजन भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार यी फोन फोटोग्राफी, आकर्षक डिजाइन र लामो समय टिक्ने ब्याट्रीले उपभोक्ताको रोजाइमा पर्ने विश्वास लिइएको छ ।

“नयाँ दशकको शुरुवातको रुपमा हामीले यी दूई ह्याण्डसेटलाई २०२० नाम दिएका छौँ । साथै, पछिल्लो दशकमा ए सिरिजले प्राप्त गरेको सफलता मनाउने र नयाँ पुस्ताका मोबाइल प्रयोगकर्तालाई स्वागत गर्नुपनि यसको मूल उद्देश्य हो ।”, ओपो नेपालका कार्यकारी अधिकृत बबी ट्राओले भने ।

ओपो ए सिरिज २०२० मा ४८ मेगापिक्सेल क्वाड क्यामेरा, ८ मेगापिक्सेल अल्ट्रा(वाइड लेन्स तथा २ मेगापिक्सेल मोनो लेन्स र २ मेगापिक्सेल पोट्रेट लेन्स राखिएको छ । त्यसैगरी, ओपो एफाइभ २०२० मा पनि क्वाड क्यामेरा सेटअप दिएको छ । तर यसमा भने, १२ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ ।


ओपो ए सिरिज २०२०मा आकर्षक लुक्स र नयाँ कम्प्याक्ट वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ । यसमा रहेको ६.५ ईञ्चको फुल स्क्रिनमा ८९ प्रतिशत स्क्रिन टू बडी रेसियाका साथमा कोर्निङ गोरिल्ला ग्लास थ्री प्लसको प्रयोग गरिएको छ । कम्पनीको दाबीलाई मान्ने हो भने १९ घण्टा लगातार प्रयोग गर्न सकिने ५ हजारएमएएच क्षमताको ब्याट्री फोनमा प्रयोग गरिएको छ ।

८ जीबी र्‍याम र १ सय २८ जीबी रोम सहितको ओपो एनाइन २०२०, मरिन ग्रिन र स्पेस पर्पल रंगमा अक्टोबर १ देखि नेपालभरका प्रमुख विक्रि केन्द्रमा उपलब्ध हुनेछ । यसको बजार मूल्य ३५ हजार ९ सय ९० रुपैयाँ रहेकाे छ ।

त्यस्तै ४ जीबी र्‍याम र १ सय २८ जीबी रोम सहितको ओपो एफाइभ २०२० को मूल्य २७ हजार ९ सय ९० रुपैयाँ मूल्यमा सेप्टेम्बर २४ देखि नेपालमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३