एप्पलका सीईओ टिम कूकले एक प्रेस विज्ञप्तिमा भनेका छन् ‘अमेरिकनको आविष्कार शक्तिमा हामीलाई गहीरो विश्वास छ । त्यसैले एप्पलका हरेक उत्पादनको डिजाइन तथा इन्जिनियरिङ अमेरिकामै हुन्छ र ३६ राज्यमा यसका उपकरण तयार हुन्छन् । ४ लाख ५० हजार अमेरिकी रोजगारी सृजना गर्दै हामी निरन्तर अगाडि बढिरहेका छौँ ।’
एप्पलले सन् २०२३ सम्म अमेरिकामा ३५० अर्ब अमेरिकी डलर अर्थात ३ सय ८० खर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने प्रतिवद्धता यस अघि नै जनाइसकेको छ । म्याक प्रो अमेरिकामै उत्पादन गर्ने एप्पलको तयारीलाई सोही घोषणाको अङ्गको रुपमा हेरिएको ।
चीनमा निर्मित एप्पलका उत्पादनमा कुनै पनि किसिमको कर छूट नरहेको अवस्थामा राष्ट्रपती डोनाल्ड ट्रम्पले अमेरिकामै उत्पादन गरे कुनै पनि किसिमको कर नलगाउने भन्दै गत जुलाईमा ट्वीट गरेका थिए ।