close

‘फोरजीमा १२ रुपैयाँ भ्रष्टाचार प्रमाणीत भए पनि जस्तोसुकै सजाय भोग्न तयार छु’

टेकपाना टेकपाना

असोज ९, २०७६ ११:४९

‘फोरजीमा १२ रुपैयाँ भ्रष्टाचार प्रमाणीत भए पनि जस्तोसुकै सजाय भोग्न तयार छु’

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बास्कोटाले आफू बिरुद्ध भष्टाचार प्रमाणीत भए जस्तो सुकै सजाय भोग्न तयार रहेको बताएका छन् । मन्त्रिपरिषद बैठके गरेका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा टेलिकमको फोरजी प्रकरणमा उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले यस्तो चुनौति दिएका हुन् ।


‘मैले यस विषयमा संसदीय समितिमा जवाफ दिइसकेको छु,’ उनले भने, ‘१२ अर्ब रुपैयाँ होइन १२ रुपैयाँ भष्ट्राचार गरेको कहिँ प्रमाणीत हुन्छ भने जे सजाय हुन्छ, सम्पुर्ण सजाय भोग्न तयार छु । त्यसैले यसखालको अफवाहको पछाडि लाग्नुपर्ने छैन ।’


उक्त आरोपको विषयमा उनले खुला रुपमा छानविन गर्न समेत चुनौति दिएका छन् । उनले पत्रकार सम्मेलनलाई सम्बोधनकै क्रममा भने, ‘म फेरी पनि भन्न चाहन्छु, कुुन कुन निकाय छन्, अख्तियार, संसदीइ समिति , सिआईबी, नेपाली मिडियाले जोकसैले छानविन गर्न सक्ने भन्दै मन्त्री बास्कोटाले त्यतिले पनि नपुगे बाहिरबाट जे जे ल्याएर छानविन गरे पनि आफूलाई पर्वाह नहुने बताए ।

‘सिआईए, केजिबी, अरु अरु नाम चलेका यस्ता एम सिक्स, जे जे ल्याएर छानविन गराए हुन्छ,’ उनले भने , ‘कि यस्ता बेकुफ तरिकाको, गलत तरिकाको, अर्थहीन तरिकाको जवाफ दिनुपर्छ भन्ने म ठान्दिन ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३