close

‘कनेक्टीभीटी र कन्टेन्ट बिना डिजिटल नेपाल सम्भव छैन’

टेकपाना टेकपाना

असोज १०, २०७६ १५:४७

‘कनेक्टीभीटी र कन्टेन्ट बिना डिजिटल नेपाल सम्भव छैन’

सरकारले बनाएको डिजिटल नेपालको परिकल्पना साकार पार्न सबै भन्दा पहिले देशका हरेर क्षेत्रमा कनेक्टीभीटी अर्थाथ इन्टरनेटको उपलब्धता नै सबै भन्दा महत्वपूर्ण रहेको उल्लेख गरिएको छ । साथै त्यसमा नेपाली कन्टेन्ट पनि आवस्यक हुने विज्ञले बताएका छन ।

शुक्रबारबाट सुरु भएको नेपाल इन्टरनेट फोरुम (आइजीएफ)२०१९ मा बोल्दै प्रविधि विज्ञ मनोरहर भट्टराइले नेपाललाई प्रविधिमैत्रीको रुपमा विकास गर्न जतिसक्दो छिटो देशभर कनेक्टीभिटी आवश्य पर्ने उल्लेख गरे । त्यसका लागि सरकार र नीजी क्षेत्रको सहकार्य आवश्यक रहेको समेत उनले बताए ।

यस्तै पूर्व विज्ञान तथा प्रविधि मन्त्री तथा सत्तारुढ पार्टीका प्रविधि विभागका प्रमुख एवं गणेश शाहले नेपालको विकास प्रविधिमार्फत मात्र सम्भव भएकाले प्रविधिमार्फत औद्योगिक क्रान्तिको आवश्यक रहेको उल्लेख गरे । त्यसकालागि विकासका पूर्वाधारहरु ई–शिक्षा, ई–हेल्थ, ई–एग्रीकल्चर, लगायतमा कनेक्टीभीटीलाई महत्वका साथ लगानी हुनु पर्ने बताए । यसकालागि स्थानिय सरकार र स्थानीय निकायहरुबिच सहकार्य हुनुपर्ने राय उनको छ ।

कार्यक्रममा नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले नेपालमा डिजिटल स्किलको कमी रहेकाले स्किल विकासको लागि पनि काम गर्न वाँकी रहेको बताए । ‘अन्तराष्ट्रिय टेलिम्युनिकेशन यूनियन (आइटियू)ले प्रत्येक वर्ष निकाल्ने आइटी इन्डेक्समा पहुँच, संरचना र प्रयोगका साथै डिजिटल सीपलाई मूल्यांकन गरी देशको प्रविधिमा पहुँचको स्तर मापन हुन्छ,’ अयार्ललले भने, ‘त्यसमा डिजिटल स्किल तर्फ नेपाल सधै पछि पर्दै आएको छ ।’त्यसैका लागि सूचना प्रविधि प्रयोग शाला स्थापना गर्ने नेपाल दूरसञ्चार प्राधिकरणले कार्यक्रम अन्तर्गत हजार वटा विद्यालयमा सूचना प्रविधि प्रयोगशाला स्थापना गर्ने काम अघि बढाएको अर्यालले बताए ।

यस्तै गृहमन्त्रालय उपसचिव सुवास ढकालले नेपालमा इन्टरनेटको विस्तार सँगै डिजिटल कन्टेन्ट विकासलाई पनि सँघै अघि बढाउनु पर्ने बताए । उनले भने, ‘नेपालमा डिजिलट कन्टेन्ट तयार भएको छैन् । अर्को, आफ्नो भाषामा कन्टेन्ट नहुने डिजिटल नेपाल परियोजनाको लागि ठुलो चुनौती हो । त्यसका लागि नेपालको मातृ भाषालाई प्रविधिसँग जोड्न जरुरी रहेको ढकालले बताएका छन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३