close

फेसबुकले जसलाई जागिरको लायक ठानेन, उनैको कम्पनीलाई १९ खर्बमा किनेको थियो

टेकपाना टेकपाना

असोज ११, २०७६ १२:३४

फेसबुकले जसलाई जागिरको लायक ठानेन, उनैको कम्पनीलाई १९ खर्बमा किनेको थियो

सामाजिक सञ्जाल ह्वाट्सएप आजको समयमा सबै भन्दा बढी प्रयोग गरिने म्यासेजिङ एप हो । जसलाई फेसबुकले सन् २०१४ मा १९ अर्ब अमेरिकी डलर अर्थात करीब १९ खर्ब नेपाली रुपैयाँमा किनेको थियो ।

त्यसअघि पनि फेसबुकले इन्स्टाग्राम जस्तो एउटा महत्वपूर्ण सामाजिक सञ्जाल आफ्नो स्वामित्वमा ल्याइसकेको थियो । फोटो सेयरिङ सम्बन्धि उक्त एपलाई फेसबुकले सन् २०१२ मा जम्मा ४ अर्ब डलर खर्चेको थियो।


यसरी आज इन्टाग्राम, ह्वाट्सएप, स्न्यापच्याट लगाएतका सामाजिक सञ्जाल फेसबुकको स्वामित्वमा छन् । १९ अर्ब डलर दिएर फेसबुकका संस्थापक मार्क जुकरवर्गले ब्रायन एक्टनसँग ह्वाट्सएप खरीद गरेका थिए । ब्रायन एक्टन ह्वाट्सएपका संस्थापक थिए । उनि संस्थापक भएतापनि ह्वाट्सएपको सोच भने सह–संस्थापक जेन कुमको थियो ।

कुमको जन्म युक्रेनमा भएको थियो । घरायसी कारणले १६ वर्षको उमेरमा उनले आफ्ना बाबुलाई छोडेर आमा र हजुरआमा सँग अमेरिका पलाएन भए । प्रारम्भिक शिक्षा शोभियत संघमा पाए । उनको परिवारको आर्थिक अवस्था नाजुक थियो । उनले किराना पसल सरसफाई गर्ने काम समेत गरे । त्यसबीचमा उनकी आमालाई क्यानसर भयो । सरकाले उपचारको लागि केहि पैसा दिन्थ्यो ।

सरकाले दिएको पैसा जोगाएर उनि कम्प्युटर नेटवर्किङसँग सम्बन्धीत किताब खरीद गर्थे । पढिसकेपछि सेकेन्ड ह्याण्डमा बेच्थे । जसोतसो उनले आफ्नो प्रारम्भीक तहको पढाइ सकाए । त्यसपछि उनी सिलिकन भ्यालिमा रहेको एउटा विश्वविद्यालयमा भर्ना भए ।

विश्वविद्यालयमा पढ्दा पढदै उनी एक कम्पनीमा सेक्युरीटी टेस्टरको रुपमा काम गर्न थाले । यसैबिच सन् १९९७ मा उनले याँहुमा जागिर पाए । त्यसैक्रममा उनको भेट ब्रायन सँग भएको थियो । जो ह्वाट्सएपका संस्थापक हुन् । उनले नौं वर्ष याँहुमा काम गरे । त्यहाँ काम गर्दा उनले केहि रकम बचत गरेका थिए । नौ वर्ष पछि उनले याँहुको काम छाडे ।

याहु छाडेको एक वर्ष पश्चात केहि गर्ने योजनाका साथ कुमले सन् २००९ मा एप्पलको आइफोन किने । त्यो बेला उनि जिमखाना जानेगर्थे । जिममा मोवाइलको नेर्टवर्क प्रयोग गरि फोन गर्न पाइदैन थियो । त्यसपछि उनले स्काईप प्रयोग गर्न थाले । एक दिन उनले आफ्नो स्काइपको पासवर्ड बिर्सिए । त्यसदिन उनको मनमा नयाँ एपको आविष्कारको सोच पलायो ।


उनको योजना थियो मान्छेसँग भएको मोबाइल नम्बरले नै उनिहरुलाई एकआपसमा जोडेर राख्न सकियोस् ।
उनले यो योजनामा साथि एक्टनसँग सल्लाहा गरे । त्यसपिछि दुबैले मिलेर ह्वाट्सएप बनाए ।

ह्वाट्सएपका स‌ंस्थापक द्वय ब्रायन एक्टन र जेन कुम । तस्वीर: वायर

सँगसँगै उनिहरु कुनै राम्रो कम्पनीमा काम गर्न पनि चाहन्थे । उनिरुले फेसबुक र ट्विटर लगाएतका कम्पनीमा जागिरका लागि आवेदन पनि दिए । तर, उनिरुहले त्यहाँ जागिर पाउन भने सकेनन् ।

आफुमा भएको क्षमतालाई फेसबुकले विश्वास नगरेपछि उनिहरुले आफ्नो मनोवललाई बढाएर ह्वाट्सएप लाई नै थप परिस्कृत गर्न तर्फ लागे । यहि क्रममा याहुका केहि पदाधिकारीहरुले उनिहरुको प्रोजेक्टमा लगानी गर्न इच्छा देखाए । उनिहरुले उक्त प्रस्ताव स्विकार गरे ।

आएको रकमले आफ्नो प्राजेक्ट अझ प्रभवकारी बनाउँदै उनिहरु अघि बढे । सन् २०१० मा आएर उनिहरुले आफ्नो प्राडक्ट अर्थात ह्वाट्सएप सार्वजनिक गरे । सार्वजनिक भएको केही महिनासम्म उनिहरुको आम्दानी मासिक ५ हजार डलर मात्रै हुन्थ्यो । तर, एकवर्षको अवधिमा ह्वाट्सएप सबैको रोजाइमा पर्न सफल भयो ।

यतिसम्म कि फेसबुकका मालिक मार्क जुकरकर्गलाई समेत यसले आकर्षित गर्‍यो । यसपश्चातका कुनै दिनपनि कुमले पछि र्फकिएर हेर्नुपरेन । सन् २०१४ सम्म ह्वाट्सएप सफलताको उच्चविन्दुमा पुगिसकेको थियो ।

यसैबीच कुमलाई मार्क जुकरवर्ग आफैले फ्रेन्ड रिक्वेस्ट पठाए । सँगसँगै कम्पनीको ठुलो शेयर स्वामित्व खरिद गर्ने प्रस्ताव पनि । उनिहरुले सुरुमा आफ्नो २० प्रतिशत शेयर राखेर बाँकी फेसबुकलाई बिक्री गरे । पछि बाँकी रहेको २० प्रतिशत शेयर समेत बेचर उनिहरु ह्वाट्सएपबाट बाहिरिए । अहिले ह्वाट्सएपमा मासिक शक्रीय प्रयोगकर्ता नै डेढ अर्ब भन्दा बढी छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३