close

फोन पेका मर्चेन्टलाई दैनिक १० हजारसम्म जित्ने मौका, भाग्यशालीलाई १ लाख

टेकपाना टेकपाना

असोज ११, २०७६ १४:५

फोन पेका मर्चेन्टलाई दैनिक १० हजारसम्म जित्ने मौका, भाग्यशालीलाई १ लाख

फोन पेमा जोडिने मर्चेन्टको संख्या ५० हजार नाघेको छ । ५० हजार मर्चेन्ट पुगेको अवसरमा तथा दशैँ तिहारलाई लक्षित गरी फोन पे प्रालिले ‘दशैँ तिहार, क्युआरबाट व्यापार’ अफर सार्बजनिक गरेको छ ।

अफरअन्तरगत हरेक दिन १० ओटा मर्चेन्टले एक हजार रुपैयाँ, २ ओटा मर्चेन्टले पाँच हजार रुपैयाँ र एक ओटा मर्चेन्टलले दश हजार रुपैयाँ प्राप्त गर्न सक्नेछन् । यो योजना १ असोजदेखि ३० गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

साथै एउटा भाग्यशाली मर्चेन्टले दशैँ, तिहार र छठ पर्बपछि एकलाख रूपैयाँ प्राप्त गर्नेछ । विजेता घोषणा कार्तिक १७ गते गरिने बताइएको छ । यो योजनामा फोन पेका सदस्य बैंक तथा वालेटमार्फत क्युआर भुक्तानी स्विकार गर्ने मर्चेन्ट मात्र सहभागी हुन पाउनेछन् ।

कम्पनीका अनुसार फोन पेले निकट भविष्यमै अफर एप्स समेत सार्वजनिक गर्दैछ । उक्त एपमा चलिरहेका अफर तथा मर्चेन्ट्, इभेन्ट्स् र स्थान जस्ता ग्राहकलाई आवश्यक जानकारीहरू समावेश गरिनेछ ।

फोन पेका विभिन्न १४ प्रकारका मर्चेन्टहरूमा मासिक पचास हजार भन्दा धेरै संख्यामा कारोबार हुने गरेको छ । फोन पे नटेवर्क , बैंक , ग्राहक र मर्चेन्ट विस्तारको हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसेकको छ ।

यसमा ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्यका रूपमा आबद्ध छन् । जहाँबाट नेपालभरका ७० लाख भन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्तालाई आफ्नो सेवा प्रदान गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३