close

दशैंअघि अव्यवस्थित तार नहटाए सरकार आफैले हटाउने

टेकपाना टेकपाना

असोज १२, २०७६ ६:३१

दशैंअघि अव्यवस्थित तार नहटाए सरकार आफैले हटाउने

दूरसञ्चार प्राधिकरणले बिजुली तथा टेलिफोनका खम्बामा अव्यवस्थित रुपमा झुण्ड्याइएका इन्टरनेट तथा केबल तारहरु दशैं अघि नै हटाउन निर्देशन दिएको छ । अव्यवस्थित तारका कारण शहरको सुन्दरतामै असर परेको र आगलागी तथा दुर्घटना बढाएको भन्दै प्राधिकरणले सेवा प्रदायकले निर्देशनको अवज्ञा गरेमा आफै अग्रसर हुने जनाउ दिएको हो ।

‘शहरलाई सन्दर राख्न तथा आम नागरिकलाई सुरक्षित एवम् व्यवस्थित रुपमा सेवा जडान गराउन अव्यवस्थित, असुरक्षित तथा शहरालाई नै कुरुप बनाउने गरी जडान भएका तारहरुलाई आगामी बडादशैं अगावै व्यवस्थापन गरी शहरको सुन्दरता कायम गर्न गराउन सम्बन्धित सबैलाई अनुरोध गर्दछौँ,’ प्राधिकरणले शनिबार जारी गरेको सूचनामा भनेको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङको आशन्न भ्रमणको तयारीको रुपमा समेत प्राधिकरणले यस किसिमको अग्रसरता देखाएको हो ।

सूचनाको अवज्ञा गरी अव्यवस्थित रुपमा तारहरु टाँग्ने तथा तारालाई रोड क्रश गराएको पाएमा आवश्यक कानूनी कारबाही गर्नुका साथै त्यस्ता संरचना तत्काल हटाइने चेतावनी समेत प्राधिकरणले दिएको छ । त्यसक्रममा महानगरपालिका, नेपाल प्रहरी लगायतलाई परिचालन गर्न सकिने प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३