ट्रेन्डिङ:
नेपाल टेलिकमको रिचार्जमा २ सय रुपै‌याँसम्म बाेनस, चाडपर्वमा यस्ता छन अफर ब्लक भएका वेबसाइट हेर्ने ५ तरिका स्मार्टफोनले अब डीएसएलआर क्यामेरालाई विस्थापन गर्छ:  क्वालकम स्मार्टफोनका लागि यस्ता छन् ८ डिस्प्ले प्रविधि दशैंमा डिजिटल बैंकिङ सेवा अधिकतम प्रयोग गर्न बैंकर्सको आग्रह थाहा पाइराख्नुहोस् मोबाइलको चार्जरमा हुने सङ्केत र तिनको अर्थ स्मार्टफोनमा जीपीएसको साटो आफ्नै स्वदेशी नेभिगेसन प्रणाली लागू गर्न बाध्य पार्दै भारत स्मार्टफोनमा जीपीएसको साटो आफ्नै स्वदेशी नेभिगेसन प्रणाली लागू गर्न बाध्य पार्दै भारत टेकपाना विक्ली टेक अपडेट, १० पुस, २०७७ काठमाडौंमा इञ्जिनियरिङ एक्स्पो: ह्याकाथनदेखि रोबोटहरुको फुटबल म्याचसम्म हुने
close

नेपाल टेलिकमको रिचार्जमा २ सय रुपै‌याँसम्म बाेनस, चाडपर्वमा यस्ता छन अफर

टेकपाना टेकपाना

असोज १२, २०७६

नेपाल टेलिकमको रिचार्जमा २ सय रुपै‌याँसम्म बाेनस, चाडपर्वमा यस्ता छन अफर

नेपाल टेलिकमका ग्राहकले मोवाइलको रिचार्जमा दुई सय रुपैयाँसम्म बाेनस पाउने भएका छन् । टेलिकमले आइतबारबाट विभिन्न दशै योजना ल्याएको छ । जस अन्र्तगत टेलिकमले ग्राहकलाई रिचार्जमा दुई सय रुपैयाँसम्म बोनस उपलब्ध गराउने भएको हो ।

टेलिकमका अनुसार जीएसएम, सीडीएमए ग्राहकका प्रिपेड, पोष्टपेड मोबाइलमा रिचार्ज कार्ड वा एमपोसमार्फत रिचार्ज गर्दा बोनस उपलब्ध हुनेछ । यस योजनामा ५०, सय र दुई सय रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र पाँच सय र हजार रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । यसकाे अर्थ हजार रुपैयाँ रिचार्ज गर्दा दुई सय रुपैयाँ बाेनस आउने छ ।

५०, सय र दुई सयको बोनस तीन दिन भित्र र पाँच र हजारको बोनस पाँच दिन भित्र उपयोग गरिसक्नु पर्नेछ । त्यसैगरी एमपोसबाट १० देखि चार सय ९९ रुपैयाँसम्मको रिचार्जमा १० प्रतिशत र पाँच सय वा सो भन्दा माथिको रिचार्जमा २० प्रतिशत बोनस उपलब्ध हुने टेलिकमले जनाएको छ ।

त्यस्तै टेलिकमले फोरजी/एलटीई सिम परिवर्तन निशुल्क गर्न मिल्लने बनाएको छ । ग्राहकले *444# डायल गरी सिम परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् । त्यस्तै टेलिकमले पहिलो पटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई दुई दिनको समयावधि सहितको दुई सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराउने भएको छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले *444# डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन । यी दुबै योजना अर्को सुचना नभएसम्मको लागि लागु हुने उल्लेख छ ।

यसका साथै टेलिकमाले पोष्टपेड तथा प्रिपेड ग्राहकका लागि मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । पोसपेडमा अर्को सुचना जारी नभएसम्म यो लागु हुने छ । भने, प्रिपेडको हकमा छठ पर्व अर्थात कात्तिक १६ गतेसम्म लागुहुने छ । यसकालागि प्रयोगकर्ताले मोबाइलमार्फत *१४००# डायल गरेर दिइएका विकल्प अनुसार अथवा ‘sub mca’ लेखेर ज्ञद्धण्ण् मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा ‘unsub mca’ लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा हटाउन सक्ने टेलिकमले जनाएको छ । अथवा ‘नेपाल टेलिकम’ एप प्रयोग गर्न सकिनेछ ।

टेलिकमका अनुसार दशैंलाई लक्षित गर्दे ल्याएको यी योजनाहरु मध्य रिचार्जमा बोनस बाहेकका अफरहरु आइतबारबाटै लागु भएको छ । भने रिचार्ज बोनस भने असोज १८ देखि २४ गतेसम्म हुने रिचार्ज कार्ड वा एमपोस बाट रिचार्ज गर्दामात्र बोनस प्राप्त हुनेछ ।