close

टेलिकमको पोष्टपेडमा निशुल्क मिस्ड कल अलर्ट, प्रिपेडमा पनि थपियो

टेकपाना टेकपाना

असोज १२, २०७६ १८:५७

टेलिकमको पोष्टपेडमा निशुल्क मिस्ड कल अलर्ट, प्रिपेडमा पनि थपियो

नेपाल टेलिकमका पोष्टपेड ग्राहकले मिस्ड कल अलर्ट (एमसीए) सेवा निःशुल्क रुपमा प्रयोग गर्न पाउने भएका छन । टेलिकमले आइतबारबाट विभिन्न दशै योजना ल्याएको छ । जस अन्र्तगत टेलिकमले पोष्टपेड ग्राहकलाई एमसीए सेवा निःशुल्क रुपमा उपलब्ध गराउने भएको हो ।

टेलिकमाले पहिलो पटक यो सेवा प्रिपेड ग्राहकका पनि उपलब्ध गराउने भएको छ । यो सेवा पोसपेडमा अर्को सुचना जारी नभएसम्म लागु हुने छ । भने, प्रिपेडको हकमा छठ पर्व अर्थात कात्तिक १६ गतेसम्म लागुहुने छ । यसकालागि प्रयोगकर्ताले मोबाइलमार्फत *१४००# डायल गरेर दिइएका विकल्प अनुसार अथवा ‘sub mca’ लेखेर ज्ञद्धण्ण् मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न वा ‘unsub mca’ लेखेर १४०० मा एसएमएस पठाई यो सुविधा हटाउन सक्ने टेलिकमले जनाएको छ । अथवा ‘नेपाल टेलिकम’ एप प्रयोग गर्न सकिनेछ ।

त्यस्तै टेलिकमका अनुसार जीएसएम, सीडीएमए ग्राहकका प्रिपेड, पोष्टपेड मोबाइलमा रिचार्ज कार्ड वा एमपोसमार्फत रिचार्ज गर्दा बोनस उपलब्ध गराउने भएको छ । यस योजनामा ५०, सय र दुई सय रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र पाँच र हजार रुपैयाँको रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ ।

५०, सय र दुई सयको बोनस तीन दिन भित्र र पाँच र हजारको बोनस पाँच दिन भित्र उपयोग गरिसक्नु पर्नेछ । त्यसैगरी एमपोसबाट १० देखि चार सय ९९ रुपैयाँसम्मको रिचार्जमा १० प्रतिशत र पाँच सय वा सो भन्दा माथिको रिचार्जमा २० प्रतिशत बोनस उपलब्ध हुने टेलिकमले जनाएको छ ।

त्यस्तै टेलिकमले फोरजी/एलटीई सिम परिवर्तन निशुल्क गर्न मिल्लने बनाएको छ । ग्राहकले *444# डायल गरी सिम परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सक्नेछन् । त्यस्तै टेलिकमले पहिलो पटक फोरजी÷एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई दुई दिनको समयावधि सहितको दुई सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराउने भएको छ । हाल टुजी र थ्रीजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले *444#डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सक्नेछन । यी दुबै योजना अर्को सुचना नभएसम्मको लागि लागु हुने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३