ट्रेन्डिङ:
टेकपाना एक्सक्लुसिभः दशैंअघि यी २ दर्जन सहरबाट सुरु हुँदैछ टेलिकमको फोरजी आईटी विद्यार्थीलाई जापानी कम्पनीमा इन्टर्नशिप गर्ने मौका कस्तो छ ग्लोबल आईएमई बैंकको नयाँ मोबाइल बैंकिङ एप ? ३५ सयले लिए टेलिकमकाे ई-सिम कोमाकी ब्रान्डको' भेनिस अल्ट्रा' विद्युतीय स्कुटर नेपालमा , सिङ्गल चार्ज ३०० किमिसम्म गुड्ने के हो अप्टिकल फाइबर, यसमा किन चल्छ अरुभन्दा फास्ट इन्टरनेट ? आईटी विद्यार्थीलाई जापानी कम्पनीमा इन्टर्नशिप गर्ने मौका जीआईएस र रिमोट सेन्सिङ विषयमा तालिम दिँदै आविष्कार केन्द्र, यसरी हुनुहोस् सहभागी विद्युतीय उपकरणयुक्त तास सहित एक जना पक्राउ सुबिसुको दशैं तिहार अफर, सस्तो मूल्यमा इन्टरनेट प्याकेज सहित ३२ इन्चको टिभी किन्न पाइने
close

टेकपाना एक्सक्लुसिभः दशैंअघि यी २ दर्जन सहरबाट सुरु हुँदैछ टेलिकमको फोरजी

टेकपाना टेकपाना

असोज १२, २०७६

टेकपाना एक्सक्लुसिभः दशैंअघि यी २ दर्जन सहरबाट सुरु हुँदैछ टेलिकमको फोरजी

प्रयोगकर्तालाई फोरजी सिम निशूल्क

नेपाल टेलिकमले दशैं अघि नै एक साथ देशरभरका दुई दर्जन बढी सहरबाट फोरजी सेवा सुरु गर्ने भएको छ । १७ पुस २०७३ मै काठमाडौं र पोखराबाट नेपालमै पहिलो पटक फोरजी सेवा सुरु गरेको नेपाल टेलिकमले देशभर सेवा विस्तार गर्ने योजना अन्तरगत राजधानी बाहिरका २६ ओटा सहरबाट फोरजी सेवा सुरु गर्ने भएको हो ।

टेलिकमबाट प्राप्त जानकारी अनुसार पहिलो चरणमा १५ असोजमा एक साथ दमक, विर्तामोड, धरान, विराटनगर, जनकपुर, इटहरी, विरगन्ज, हेटौडा, भरतपुर, बुटवल, नेपालगन्ज, सुर्खेत र धनगढीबाट नयो परियोजना अन्तरगतको फोरजी सेवाको थालनी हुनेछ । यस्तै रौतहट, महोत्तरी, सर्लाही, रुकुम, धनकुटा, पर्वत, पाल्पा, बागलुङ, दाङ र बर्दिया जिल्लाको सदरमुकाममा समेत पहिलो चरणमै फोरजी सेवा सुरु गर्न लागिएको टेलिकमले जनाएको छ ।

काठमाण्डौं र पोखरामा १८ सय मेगाहर्ज ब्याण्ड फ्रिक्वेन्सीबाट फोरजी सेवा दिइरहेको टेलिकमले नयाँ परियोजना अन्तरगत ८ सय मेगाहरेज ब्याण्डको फ्रक्वेन्सीबाट दिने भएको हो । जसमा आन्तरिक परीक्षणका क्रममा फोरजी इन्टरनेटको गति २ सय एमबीपीएससम्म पाइएको टेलिकम श्रोतले जानकारी दिएको छ ।

१८ सय ब्याण्डको फ्रिक्वेन्सीलाई ८ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीसँग कम्प्याटिबल गरिनेछ । त्यस्तो अवस्थामा १८ सय ब्याण्ड तथा ८ सय ब्यान्ड मध्ये कुनै एकमा मात्रै फोरजी चल्ने मोबाइल सेटमा समेत दुबै ब्याण्डको फोरजीले सपोर्ट गर्ने बताइएको छ ।

२० माघ २०७५ मा एक वर्षभित्रमा देशभर फोरजी सेवा विस्तार गर्ने परियोजनाका लागि टेलिकमले दुई चिनिया कम्पनीसँग करार सम्झौता गरेको थियो । करीब २० अर्ब रुपैयाँ लागतको यो परियोजना टेलिकमको इतिहासमै सबैभन्दा ठूलो परियोजना हो ।

टुजी र थ्रीजीका लागि हाल देशभर रहेका साइटहरुको तुलनामा करीब साढे सात सय बढी साइटहरु फोरजीका लागि तयार हुनेछन् । यसबाट हाल टुजी र थ्रीजी सेवा नपुगेका स्थानमा समेत फोरजी सेवा पुग्नेछ । हाल टुजी र थ्रीजी रहेका साइटहरुमा सुरुमा फोरजी सेवा सञ्चालनमा आउने छ भने बाँकी नयाँ साइटहरुमा टुजी र थ्रीजी भन्दा पहिले फोरजी सेवा पुग्ने सम्भावना छ । ग्रामीण क्षेत्रमा ८ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी प्रयोग हुने भएकाले यसको कभरेज निकै नै धेरै क्षेत्रफलमा हुन्छ ।

टेलिकमको फोरजीमा नयाँ के छ ?

अहिले भाइबर, ह्वाट्सएप, म्यासेन्जर लगायतका ओटीटी सेवाहरुले दूरसञ्चार कम्पनीहरुको भ्वाइस सेवालाई चुनौति दिइरहेका छन् । जसले गर्दा टुजी र थ्रीजीमा रहेको भ्वाइस सेवाको प्रयोग र आम्दानी घट्दै गइरहेको छ । त्यसको सामना गर्नेगरी टेलिकमले एचडी भ्वाइसमा आधारित फोरजी सेवा अर्थात भिओएलटीई सुविधा समेत दिनेछ ।

अहिलेको अवस्थामा हामी डाटा सेवा चलाउँदा मात्रै डिभाइसलाई इन्टरनेटमा कनेक्ट गर्छौँ । तर, अबको टेलिकमको फोरजीमा भने रहबखत मोबाइल डिभाइस इन्टरनेटमा कनेक्ट भइरहनेछ । सेवा सुरु भएपछि प्रयोगकर्तालाई निशूल्क रुपमा फोरजी सिम उपलब्ध गराउने योजना समेत टेलिकमको छ ।

ओटीटी सेवाहरु इन्टरनेट र वाइफाइबाट चल्ने भएकाले त्यति गुणस्तरिय सेवा दिन सकिरहेका हुँदैनन् । तर, फोरजीमा आधारित भिओएलटीई प्रविधिमा भने निश्चित गुणस्तर (क्रिस्टल क्लियर) नभएसम्म कल नै गर्न सकिँदैन । अहिलेको टुजी र थ्रीजी प्रविधिमा भ्वाइसका लागि जति खर्च गर्नुपरिरहेको छ, भिओएलटीइमा त्यो भन्दा निकै सस्तोमा सेवा उपभोग गर्न पाइने टेलिकमका वरिष्ठ इन्जिनियर सुशन श्रेष्ठले बताए ।