close

५० सहरमा एकै पटक टेलिकमको फोरजी सेवा सुरु

टेकपाना टेकपाना

असोज १५, २०७६ १८:३१

५० सहरमा एकै पटक टेलिकमको फोरजी सेवा सुरु

नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) ले आजबाट फोरजी÷एलटीई सेवाको नेटवर्क देशभर सातै प्रदेशका प्रमुख शहरहरुमा विस्तार गरेको छ । त्यसको सुरुवात प्रधानमन्त्री के पी शर्मा ओलीले सातै प्रदेशका मूख्य मन्त्रीहरुलाई भिडियो कल गरि गरेका छन् ।

सेवाको सुरुवात सँगै प्रधानमन्त्री के पी शर्मा ओलीले फोरजीको सुदुपयोग गरि त्यसबाट लाभ उठाउन सबैलाई आग्रह गरे । ‘यो हामी सबैको साझा सफलता हो । सबैको खुसीको क्षण हो । म सबै साथिहरुमा खुसी बाट्न चाहान्छु ।’ प्रधानमन्त्री ओलीले भने, ‘यसको लाभ सबै प्रदेश, सबै निकाय र सबै जनताले सबै ठाउँबाट लिन सक्नुपर्छ ।’ यसको प्रयोगबाट लिन सकिने लाभको विषयमा अबका दिनमा सबैले ध्यान दिन समेत आवश्यक छ ।

‘टेलिफोनको नेटवर्क टुजी हुँदै फोरजीमा विस्तार भएको भएकाे छ । आज त्यहि फोजीमार्फत देशको सातै वटा प्रदेशमा भिडियो कन्फ्रेन्स गर्न सकियो ।, ’ प्रधानमन्त्री ओलीले भने, ‘यसरी हेर्दा हामी नयाँ युगमा फड्को मारेका छौं । हाम्रो विकासको प्रयासमा यो प्रविधिले मद्धत पुर्याउने छ भन्ने विश्वास लागेको छ । यसले नेपालको स्वास्थ्य, शिक्षा, कृर्षी लगाएतको क्षेत्रमा ठुलो योगदान गर्नेछ ।’

त्यस्तै कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले फोरजीको विस्तार नेपालीको लागि एउटा महत्वपूर्ण सफलता भएको उल्लेख गरे । उनले नेपाल टेलिकम लामो समय देखी जनताको सञ्चार माध्ययम बन्दै आएको र आगामी दिनमा पनि ग्राहकको रोजाइमा रहने गरी काम गर्न टेलिकमलाई सुझाव दिएका छन् ।

‘यसअघिका वर्षहरुमा सधै टेलिकम नयाँ प्रविधि भित्र्याउन ढिलाई भएको कारण आर्थिक रुपमा पछि पर्दै आएको थियो ।’, मन्त्री बाँस्कोटाले भने, ‘तर, अबका दिनमा विगतका तिता घटनालाई समिक्षा गरि देशकै सबै भन्दा अग्रणी कम्पनीको रुपमा अघि बढ्ने विश्वास लिएको छु ।’ अब यो कम्पनी हरेर क्षेत्रमा नविनतम प्रविधिको प्रयोग गरेर अघि बढ्नुपर्छ । त्यसलागि सरकाले सधै सहज बाटो खोज्न मद्धत गर्ने समेत उनले बताए ।

‘हामी देशको प्रगतिको लागि प्रतिवद्ध रहने छौं । यो खुसीको क्षण हो ।,’ मन्त्री बास्कोटाले भने, ‘यो वर्ष हामीले नेपाल टेलिकमको जन्मदिन पनि राम्रोसँग मनाएनौं । किन भने यो वर्ष हामीले जन्मदिन मनाउने भन्दा पनि काम गरेर देखाउनु पर्छ भनेर लागेका थियौं । आज त्यसको एक तिहाई काम सकिएको छ । त्यसका लागि दिनरात सक्रिय भएर लाग्ने सबैलाई आभार व्यक्त गर्न चाहान्छु ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३