close

५९ शहर, जहाँ आजबाट टेलिकमको फोरजी सञ्चालनमा आएको छ

टेकपाना टेकपाना

असोज १५, २०७६ २०:२९

५९ शहर, जहाँ आजबाट टेलिकमको फोरजी सञ्चालनमा आएको छ

नेपाल दूरसंचार कम्पनी (नेपाल टेलिकम) ले आजबाट फोरजी/एलटीई सेवाको नेटवर्क देशभर सातै प्रदेशबाट एकसाथ सञ्चालनमा ल्याएको छ । बुधबारदेखि ३६ जिल्लाका ५९ शहरमा टेलिकमको फोरजी सेवा सुरु भएको हो ।
सेवाको सुरुवातमा प्रधानमन्त्री के पी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग फोरजी प्रविधिमार्फत ‘भिडियो कन्फरेन्स’ गरेका छन् ।

५९ शहरहरुको सूची

१. भीमदत्त २. झलारी पिप्लाडी ३. अत्तरिया ४. धनगढी ५. चौमाला ६. मसुरिया ७. सुख्खड ८. लम्की ९. टिकापुर १०. सुर्खेत ११. गुलरिया १२. कोहलपुर १३. नेपालगञ्ज १४. घोराही १५. लमही १६. तुलसीपुर १७. बेनी १८. कुस्मा १९. बागलुङ २०. तानसेन २१. लुम्बिनी २२. भैरहवा २३. मंगलापुर २४. बुटवल २५. मुर्गिया २६ सुनवल २७. देवदह २८. परासी २९. वर्दघाट ३०. भरतपुर ३१. टाँडी ३२. सौराहा ३३. धादिङ ३४. विदुर ३५. धुन्चे ३६. बनेपा ३७. धुलिखेल ३८. पनौती ३९. हेटौंडा ४०. सिमरा ४१. वीरगञ्ज ४२. कलैया ४३. चरीकोट ४४. मन्थली ४५. सिन्धुपाल्चोक ४६. गौर ४७. मलंगवा ४८. जलेश्वर ४९. जनकपुर ५०. धनकुटा ५१. धरान ५२. इटहरी ५३. इनरुवा ५४. विराटनगर ५५. दमक ५६. विर्तामोड ५७. चन्द्रगढी ५८. बेसीशहर ५९. भारदह

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३