close

इन्टर्नेटमा ‘पोर्न साइट’ हेर्नेको रेकर्ड फेसबुक र गुगलमा !

टेकपाना टेकपाना

असोज १९, २०७६ १४:१५

इन्टर्नेटमा ‘पोर्न साइट’ हेर्नेको रेकर्ड फेसबुक र गुगलमा !

फेसबुक, गुगल र ओराकलले इन्टरनेटका तपाईका हरेक गतिविधलाई नियालिरहेका हुन्छन् । यतिसम्म कि तपाइले लुकेर हेर्ने गरेको पोर्नको विषयमा पनि फेसबुक, गुगल र ओराकलले निगरानी गर्ने गरेको तथ्य बाहिर आएको छ ।

भर्खरै सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनका अनुसार फेसबुक, गुगल र ओराकलले प्रयोगकर्ताको पोर्न गतिविधलाई निगरानी गर्ने गरेको यथार्थ सार्वजनिक गरेको हो । माइक्रोसफ्टका अनुसन्धानकर्ता कार्नेगी मेलन र युर्निभर्सिटी अफ पेन्सलभानियाले संयुक्त रुपमा गरेको अध्ययनले यस्तो देखाएको हो । अध्ययनका क्रममा २२ हजार चार सय ८४ वटा पोर्न साईटको अध्ययन गरिएको थियो । त्यसका लागि वेभएक्सरे नामक टुलको प्रयोग गरिएको जनाइएको छ ।

अनुसन्धानकर्ताका अनुसार अध्ययनका क्रममा ९३ प्रतिशत पोर्न साइटले आफ्नो तथ्याङ्क चुहावट गर्ने गरेको पाइएको छ । यो अध्ययनका लागि सन् २०१८ मार्चमा साइटहरुको तथ्याङ्क हेरिएको थियो । उक्त समयमा गुगल र गुगलका सहायक कम्पनीहरुमार्फत कुल साईट मध्ये ७४ प्रतिशतमा ट्र्याक गर्ने गरेको पाइएको छ । त्यस्तै ओराकलले २४ र फेसबुकले १० प्रतिशत साइट ट्रयाक गर्ने गरेका छन् । अध्ययनअनुसार कुल २२ हजार चार सय ८४ वटा पोर्न साईटको अध्ययनका क्रममा गुगलले १६ हजार ६ सय ३८, ओराकलले ५ हजार तीन सय ९६ र फेसबुकले २ जार दुई सय ४८ वटा साईट ट्रयाक गरेका थिए ।

यतिसम्म की ‘इन्कग्निटो’ मोड अन गरेर पोर्न साइट हेर्दा पनि थर्डपार्टीमार्फत डाटा चुहावट भइरहेको अनुसन्धानकर्ताले उल्लेख गरेका छन् । अध्ययनमा इन्टरनेटमार्फत मानिसको बहुमूल्य तथ्याङ्क पनि चुहावट भइरहेको भन्दै त्यसबाट सेचत हुन आवश्यक रहेको जनाइएको छ । १७ प्रतिशत पोर्न साईटमात्रै इन्क्रीप्टेड रहेको बताइएको छ । बाँकी पोर्न साइटमार्फत ह्याकरले सहजै प्रयोगकर्तासम्म पहुँच पाउने सक्ने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३