close

यसरी चलाउनुस् टेलिकमको फोरजी

टेकपाना टेकपाना

असोज १६, २०७६ १७:२०

यसरी चलाउनुस् टेलिकमको फोरजी

नेपाल टेलिकमले यस अघि काठमाडौं उपत्यका र पोखरामा मात्र रहेकाे फोरजी सेवा भर्खरै विभिन्न ६० सहरमा विस्तार गरेकाे छ । बिहीबारदेखि वस्तिपुरमा समेत फोरजी सुरु भएसँगै टेलिकमको फोरजी काठमाडाैं र पोखरा बाहेकका ६० सहरमा पुगेकाे हो । (टेलिकमकाे फोरजी उपलब्ध रहेका स्थानकाे जानकारी लिन यहाँ क्लिक गर्नुहाेस्)

नेपाल टेलिकमको फोरजी तथा एलटीई सेवा प्रयोग गर्न त्यसलाई सपोर्ट गर्ने मोबाइल फोन सेट र सिम कार्ड हुन जरुरी छ । यदि तपाईको मोबाइल सेट र सिम फोरजी चल्ने किसिमको छ भने टेलिकमको फोरजी नेटवर्क भएका स्थानहरुमा फोरजी इन्टरनेट चलाउन सक्नुहुनेछ ।

आफ्नो *444# डायल गरी फोरजी चलाउन आफ्नो मोबाइलमा सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने विषयको जानकारी लिन सकिन्छ । यदी तपाईसँग भएको सिम फोरजी सपोर्ट गर्ने किसिमको रहेछ भने सोही कोड मार्फत फोरजी सेवा शक्रीय बनाउन सकिन्छ ।

यदी तपाईले प्रयोग गरिरहेको सिमकार्डले फोरजी सपोर्ट नगर्ने भएमा नेपाल टेलिकमका देशभरका ग्राहक सेवा केन्द्रहरुबाट पुरानो सिमको साटो फोरजी तथा एलटीई चल्ने नयाँ सिमकार्ड (यू सिम) निःशुल्क रुपमा परिवर्तन गर्न सक्नुहुनेछ । सेवा सुरु गर्नका लागि ग्राहकले कुनै शुल्क भने तिर्नुपर्दैन ।

टेलिकमले फोरजी तथा एलटीई सवाका लागि छुट्टै महशुल दर अहिलेसम्म तोकेको छैन । टुजी तथा थ्रीजीकै दरमा फोरजी सेवा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यद्यपी कम्पनीले फोरजी सेवा सस्तोमा चलाउनका लागि अफर सहितका विभिन्न डाटा प्याकेज भने ल्याएको छ ।

*1415# डायल गरी आफूलाई सहज लाग्ने डाटा प्याकेज रोजेर रोजेको प्याक लिन सकिन्छ । टेलिकमको फोरजी विशेष प्याकेजको रुपमा सस्तोमा ८ पैसा प्रति एमबीका दरले फोरजी इन्टरनेट चलाउन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३