close

मोबाइललाई ह्याकरबाट यसरी जोगाउनुस्

टेकपाना टेकपाना

असोज २३, २०७६ ८:०

मोबाइललाई ह्याकरबाट यसरी जोगाउनुस्

तपाईको मोबाइलमा तपाईका एकदमै निजी र गोप्य विषयहरु हुन सक्छन् । त्यसमाथी तपाईका व्यक्तिगत जीवनका महत्वपुर्ण जानकारी स्मार्टफोनले तपाईको अनुमति बिना नै शङ्कलन गरिरहेको हुन्छ । कोरोनाका करण घरमै बसेर हामी धेरै माेबाइल प्रयाेग गरिरहेका हुन्छाै‌ं । यहीँ समयमा ह्याकरकाे आक्रमणका घटना पनि बढीरहेका छन् ।

यस्तो अवस्थामा आफ्नो गोपनियतालाई कायम राख्न तपाईले आफ्नो फोनलाई सुरक्षित राख्नु नै सबैभन्दा उपयुक्त हुन्छ । त्यसैले आफफ्नो फोनलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा तपाईहरुलाई केही महत्वपुर्ण जानकारी दिन गइरहेका छौँ ।

  • सधैँभरी आफ्नो मोबाइलको अपरेटिङ सिस्टम -आइओएस तथा एन्ड्रोइड_, सफ्टवेयर र एपहरुलाई अपडेटेड राख्नुस् ।
  • असुरक्षित नेटवर्कबाट जोगिन सार्वजिनक स्थानहरुमा जाँदा वाईफाई अफ राख्नुस् ।
  • इमेलमा मजबुद पासवर्ड र सकेसम्म टू फ्याक्टर अथेन्टकेशन प्रयोग गर्नुस् ।
  • मोबाइलमा रहेका एपहरुलाई अनावश्यक अनुमति नदिनुस् ।
  • अनि अर्को सबैभन्दा महत्वपुर्ण कुरा आफ्नो फोनलाई सधैँभरी लक गरेर राख्नुस्, यत्तिकै नछोड्नुस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३