close

मोवाइल र ल्यापटपमा कहिलेबाट चल्ला फाईभजी ?

टेकपाना टेकपाना

असोज २२, २०७६ १२:१५

मोवाइल र ल्यापटपमा कहिलेबाट चल्ला फाईभजी ?

फाईभजीले मानिसको दुनिायमा कस्ता कस्ता परिवर्तन ल्याउने होला ? यसमा सबैको आ–आफ्नै धारणा छन् । पक्कै पनि केहि सेकेण्डको अवधिमा एउटा फिल्म डाउनलोड गर्न सकिने छ । त्यो भन्दा अन्य कुरा त कथ्य जस्तो लाग्छ ।

सेल्फ ड्राइभिङले फाईभजीमार्फत एक अर्कासँग बोल्ने छ, रिमोटमार्फत नै मानिसको शरीरको सर्जरी हुनेछ र फाइभजीले अहिले घरमा राखिएका वाइफाइलाई विस्थापित गर्नेछ भन्ने खालका अनुमान पनि हुन थालेका छन् । पक्कैपनि कुनै समयमा यस्तो आउन सक्ला तर, यो फाईभजी सँगै आउन भने सम्भव देखिदैन ।

फाइभजी चल्ने फोनका लागि चिप र मोडियम बनाउने कम्पनी क्वालकमले एक कार्यक्रममार्फत फाइभजीको रोड म्याप प्रस्तुत गरेको थियो । त्यसक्रममा कम्पनीले फाइभजी मार्फत छोटो अवधिमा डाउनलोड गर्ने बाहेकका काम कहिलेबाट सम्भव हुनेछ भनी देखाएको थियो । हाल विश्व बजारमा क्वालकममात्रै फाईभजीको मुख्य प्लेयर भने होइन । त्यसमा हुवावे, नोकिया, एरिक्सन लगाएतका कम्पनी रहेका छन ।

तर, क्वालकमले फाइभजीको लागि गरेको लगानी पनि एउटा महत्वपूर्ण सावित हुनेछ । क्वालकमका अनुसार सन् २०२० सम्म हरेक कम्पनीका फ्ल्यागसिप फोन फाईभजी नेटवर्क सर्पोट गर्ने हुनेछन् । सन् २०२० सम्म सामसङ ग्यालेक्सी, एप्पल लगाएतका हाई इन्ड फोनमा यसको प्रयोग हुने उल्लेख छ ।

सुरुमा यसको चिप महंगो पर्ने भएकाले केहि स्मार्टफोन कम्पनीले मात्रै प्रयोग गर्न सक्नेछन् । जब सन् २०२१ मा फाइभजीको नेटवर्क पूर्ण रुपमा विकसित हुनेछ तब चिपको मूल्यमा पनि कमि आउने छ । त्यो सँगै सबै ब्राण्डका हाइइन्ड फोनमा फाइभजी नेटवर्क सर्पोट गर्ने हुनेछ । त्यस्तै फाइभजी सपोर्ट गर्ने ल्यापटप पनि सन् २०२० मा आउने क्वालमकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३