close

‘पे-पाल’ चीन पस्यो, नेपाल कहिले आउला ?

टेकपाना टेकपाना

असोज २१, २०७६ ९:०

‘पे-पाल’ चीन पस्यो, नेपाल कहिले आउला ?

चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइनाले पे पाललाई गो पेको ७० प्रतिशत शेयर खरिदको लागि अनुमति दिएसँगै पे पाल चीन प्रवेश गरेको छ । पे पालले चीनको गुफुबाओ इन्फरमेसन टेक्नोलोजी कम्पनी (गो पे) को ७० प्रतिशत शेयर खरिद गरेको हो ।

यो सँगै पे पाल चीनमा पेमेन्ट सर्भिस दिने पहिलो विदेशी कम्पनी भएको छ । अनलाई तथा मोवाइल कारोबाको इजाजत लिएको पे पालले विशेष गरि ई–कमर्स, क्रस–बोर्डर कमर्स, हवाई यात्रा तथा पर्यटन क्षेत्रको लागि पेमन्ट प्रोडक्ट प्रदान गर्दै आएको छ । गुफुबाओको वक्तव्य अनुसार पे पालले सांघाईमा रहेको यिनबाओबाओ इन्फरमेसन टेक्नोलोजी कम्पनीको सहायक कम्पनीको ठुलो शेयर खरिद गरेको हो ।

अहिलेसम्म दुई कम्पनीबिचमा भएको सम्झौतको बारेमा पूर्ण जानकारी बाहिर आइसकेको छैन । सम्झौताका आधारमा के कस्ता विषयबस्तु समावेश गरिएको छ भन्ने कुरापनि हालसम्म सार्वजिनक गिरएको छैन । अमेरीका र चीनबिच भइरहेको व्यापार युद्धको बिचमा यो लगानी चीनमा प्रवेश गरेको छ ।
हाल चीनमा त्यहाँका स्थानिय पेमेन्ट सर्भिस प्रोभाइडरले बजार लिइरहेका छन्छ । जसमा अली पे, विच्याट पे लगाएत रहेका छन् ।

मोवाइल बजार तिव्र गतिमा बढिरहेको अवस्थामा पे पालले पनि चीनमा आफ्नो बजार सिर्जना गर्न सफल हुने उल्लेख गरिएको छ । फस्ट एण्ड सुलिभानको पछिल्लो अध्ययन अनुसार हालको तुलनमा अबको चार वर्षमा चीनमा मोवाइल पेमेन्ट सिस्टमको बजार २२ प्रतिशतको हाराहारीमा बढ्ने उल्लेख गरिएको छ ।

सन् २०२३ सम्म अमेरिकी डलर ९६.७३ ट्रिलियनको कारोबार अनलाईनबाटै हुने उल्लेख छ । यसको प्रमुख कारण ई–कमर्समा भइरहेको तिव्र वृद्धिलाई लिइएको छ । उक्त अध्ययनका अनुसार चीनमा हाल ५६२ मिलियन सक्रिय मोवाइल पेमेन्ट प्रयोगकर्ता रहेका छन् ।

सन् २०२३ सम्म यो संख्या बढेर ९५६ मिलियन पुग्ने अनुमान गरिएको छ । गत वर्षमात्रै चीनको केन्द्रीय बैंकले विदेशी पेमेन्ट कम्पनीका लागि बाटो खुल्ला गर्ने निर्णय गरेको थियो । उक्त निर्णसँगै पे पालले चीनमा प्रवेशको लागि स्विकृती पाएको हो ।

नेपालमा भने हालसम्म कुनै पनि विदेशी पेमेन्ट सर्भिस दिने प्रवेश गरेका छैनन् । नेपालको विदेशी भुक्तानी सम्बन्धि कसिलो नीतिका कारण पेपाल जस्ता विदेशी भुक्तानी सेवा प्रदायक नेपालमा कहिले आउँछन् त्यसै भन्न सकिने अवस्था छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३