close

गुगल सर्भिस बिनाको हुवावे मेट ३० सुरुवातमै लाखौंको संख्यामा बिक्री

टेकपाना टेकपाना

असोज १७, २०७६ १४:४

गुगल सर्भिस बिनाको हुवावे मेट ३० सुरुवातमै लाखौंको संख्यामा बिक्री

हालैमात्र हुवावेले आफ्नो फ्ल्यागसिप स्मार्टफोन हुवावे मेट ३० र ३० प्रो विश्व बजारमा सार्वजनिक गरेको छ। गुगल सर्भिस बिनै आएको उक्त स्मार्टफोनले विश्व बजारमा कस्तो प्रतिक्रिया पाउला भन्ने प्रश्नकै बिचमा मेट ३० को व्यापारले भने छलाङ मारेको छ ।

कम्पनीकै सबैभन्दा महंगो फोनको रुपमा रहेको मेट ३० प्रो गुगलको सर्भिस बिनै विश्व बजारमा सार्वजनिक भएको थियो । गुगलको सर्भिस बिना सार्वजनिक भएसँगै हुवावेको मेट ३० प्रोलाई युरोपीयन बजारमा ठुलो धक्कालाग्न सक्ने अनुमान गरिएको थियो । तर, बजारले भने अनुमानलाई गलत सावित गरिदिएको छ । कम्पनीले विश्व बजारमा मोवाइल सर्वाजनिक गरेको भएतापनि अहिलेसम्म व्यापार भने सुरु गरेको छैन् ।

मोवाइलको युरोपियन बजार मूल्यमात्रै तोकिएको छ । तर, मेट ३० भने लाखौंको संख्यामा बिक्रि भइसकेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चीनमा अघिल्लो बिहिबारबाट हुवावे मेट ३० को व्यापार सुरु गरिएको थियो । सुरुगरिएको तीन घण्टाको अवधिमा लाखौंको संख्यामा स्मार्टफोन बिक्रि भएको हो ।

कम्पनीले हुवावेको चाइनामा रहेको सेन्जेन फ्ल्यागसिप स्टोरमा मोवाइल किन्नको लागि लाइन लागेका ग्राहकको फोटो सार्वजनिक गर्दे मोवाइल तीन घण्टाको अवधमिा लाखौंको संख्यामा बिक्रि भएको जनाएको छ । चीनका कतिपय सहरमा मोवाइलको स्टक नै रित्तिएको समेत उल्लेख छ ।

आफ्नै देशमा भएका कारण पनि हुवावे मेट ३० प्रोमा ग्राहकले रुचि देखाएको हुनसक्ने अनुमान गरिएको छ । किन भने यसअघि अमेरिकाले यस वर्षको सुरुवातमा हुवावलेलाई आफ्नो देशमा प्रतिवन्ध लगाएको थियो । साथै अमेरिकी कम्पनीहरुलाई हुवावेसँग व्यवसाय गर्न समेत रोक लगाएको थियो ।

त्यसैले गुगलले हुवावेलाई आफ्नो सर्भिस प्रयोग गरि हुवावे मेट ३० प्रो मोवाइल बिक्रि गर्न नपाउने भनी जानकारी गराएको थियो । त्यतिमात्रै नभएर आगामी दिनमा आउने हुवावेका नयाँ स्मार्टफोनमा समेत गुगलका एप्स र सेवा पुर्ववत रुपमा राखेर सार्वजनिक गर्न नपाउने निर्णय गरेको थियो ।

सोहि निर्णयको आधारमा हुवावे मेट ३० प्रो गुगल सर्भिस बिनै सार्वजनिक गरिएको हुवावेका कन्जुमर प्रोडक्ट डिभिजनका कार्यकारी निर्देशक रिचर्ड युले जनाकारी गराएका थिए । उनले हुवावे मेट ३० प्रोमा गुगल सर्भिस प्रयोगमा नल्याएको बताउँदै अब हुवावे मोवाइल सर्भिस कोर प्रयोगमा ल्याएको बताए थिए । त्यसको असर हुवावेको व्यापारमा पर्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३