२०७९, २३ श्रावण सोमबार   |  
Monday 8th August 2022

‘एआई कन्फ्रेन्स’ आयोजना हुने

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस अन्तिम साता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्वन्धित कन्फ्रेन्स आयोजना गर्ने भएको छ । शुक्रवार मन्त्रालयमा बसेको मन्त्री सहितको वैठकले उक्त निर्णय गरेको हो ।

सम्मेलन हालै जारी गरिएको विज्ञान, प्रविधि तथा नव पर्वर्तन नीति अनुरुप देशभरीको विज्ञान प्रविधिको गतिविधि समेटेर तयार पार्न लागेको ‘क्यालेन्डर इभेन्ट’ अन्र्तगत हुनेछ । उक्त नीतिमा उदयमान प्रविधिहरुलाई विशेष महत्वको साथ देशको विकासमा विज्ञान प्रविधिलाई मूल प्रवाहिकरण गर्ने उदेश्य अन्तर्गत कार्यक्रमको आयोजना गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

कार्यक्रमको तयारीको लागि संयोजनको जिम्मा मन्त्रालयका सचिव सञ्जय शर्माले पाएका छन् । बैंठकमा विज्ञान, प्रविधि तथा नव पर्वर्तन नीति कार्यान्वयन गर्ने दिशामा एआई कन्फ्रेन्स कोशेढुंगा सावित हुने विश्वास लिएको मन्त्री गिरीराजमणि पोखरेलले बताए । विश्वमा जारी चौथो औद्योगिक रिभोलुसन अन्तर्गत एआई युगमा विश्व प्रवेश गरेको सन्दर्भमा राष्ट्रलाई त्यसतर्फ अघि बढाउने, नीति निर्मातालाई सचेत र जागरुक बनाउदै एसडिजीका लक्ष्यहरु हासिल गर्न यो सम्मेलन सार्थक हुने मन्त्री पोखरेलको उल्लेख गरेका छन ।

प्राम्भिक तयारी अनुसार सम्मेलन ३ देखि ५ दिनसम्म आयोजना हुनेछ । सम्मेलनमा सहभागी हुन विश्वभरका प्रतिष्ठित एआई विज्ञहरु नेपाल आउनेछन् । उक्त सम्मेलनमा मुलुक भित्र र वाहिरका विज्ञहरुसँगै नीति निर्माता, विदेशी संघसस्था र सरोकारवालाहरुको उल्लेख्य सहभागिता हुने जनाइएको छ । इर्मर्जिङ प्रविधिहरुमा केन्दि«त रहेर सरकारले आयोजना गर्ने यो सम्मलेन नेपालको लागि पहिलो तर उत्तिकै महत्वपुर्ण हुने अपेक्षा गरिएको छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team