close

पट्याउन मिल्ने फोन भारतमा मारामार

टेकपाना टेकपाना

असोज २०, २०७६ ११:४५

पट्याउन मिल्ने फोन भारतमा मारामार

सामसङले सार्वजनिक गर्न लागेको पट्याउन मिल्ने (फोल्डेबल) चर्चा परिचर्चा धेरै समयदेखि भइरहेको छ । स्क्रिनको नयाँ प्रविधिमा आधारित पट्याउन मिल्ने फोनबारे चासो हुनु त स्वभावित हो ।

तर, भारतमा भने यसको बिक्रीले रेकर्ड नै राख्ने अनुमान गरिएको छ । नेपाली रुपैयाँ २ लाख ६३ हजार पर्ने फोन किन्न भारतीय उच्च वर्गीय व्यक्तिबीच हानाथाम भएको छ ।

शुक्रबार सामसङले आफ्नो आधिकारिक वेबसाइटमार्फत ग्यालेक्सी फोल्ड फोनको प्रि बुकिङ खुला गरेको थियो । प्रि बुकिङ खुला भएको ३० मिनेटमा १६ सय वटा फोनको बुकिङ अर्डर भएको समाचार सार्वजनिक भएको छ ।

कम्पनीले यसको अर्डर भने अक्टोबर २० मा दिने भएको छ । धेरै बुकिङ भएपछि सामसङले प्रि बुकिङ अर्डर नै बन्द गरेको छ ।

भारतमा बिक्रीको लागि १६ सय वटा फोनहरु तयार पारिएको र ३० मिनेटमै यति संख्यामा फोन किन्नेको अर्डर आएपछि कम्नीले प्रि बुकिङ बन्द गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३