close

एन्ड्रोइडमा गम्भीर सुरक्षा कमजोरी भेटियो, यी हुन् प्रभावित हुने फोनहरु

टेकपाना टेकपाना

असोज २०, २०७६ १५:०

एन्ड्रोइडमा गम्भीर सुरक्षा कमजोरी भेटियो, यी हुन् प्रभावित हुने फोनहरु

गुगलको अपरेटिङ सिस्टम एन्ड्रोइडमा गम्भीर सुरक्षा कमजोरी भेटिएको छ । विश्वमा प्रयोग हुने ८४ प्रतिशत स्मार्टफोनहरु एन्ड्रोइड अपरेटिङ सिस्टममा आधारित हुन् ।

गुगलको आफ्नै अनुसन्धान समूह प्रोजेक्ट जिरोले एन्ड्रोइडमा रहेको सुरक्षा कमजोरी पत्ता लगाएको हो । यसको नाम ‘जिरो डे’ दिइएको छ ।
इजरायलको एक गैरसरकारी संस्थाले यसलाई फैलाएको अनुमान छ ।

सुरक्षा कमजोरीका कारण गुगलको एन्ड्रोइड ८ र त्यसपछिका भर्सन प्रयोग हुने स्मार्टफोनहरु प्रभावित बनेको जनाइएको छ ।

गुगलका अनुसार एन्ड्रोइडमा देखिएको सुरक्षा कमजोरीले निम्न स्मार्टफोन मोडलमा समस्या देखिएको छ :

  • सामसङ एस सेभेन
  • सामसङ एस एट
  • सामसङ एस नाइन
  • एलजी ओरियो
  • मोटो जेड थ्री
  • ओप्पो ए थ्री
  • साओमी एमआई ए वान
  • साओामी रेडमी नोट फाइभ
  • साओमी रेडमी फाइभ ए
  • हुवावे पी ट्वान्टी
  • गुगल पिक्सेल टु

यो सुरक्षा कमजोरीका कारण फोनको तथ्यांक चुहावट हुन सक्ने गुगलले जनाएको छ । यदि तपाईंले यी स्मार्टफोन मोडलहरु बोक्नु हुन्छ भने गुगलले उपलब्ध गराएको सुरक्षा अपडेट ((प्याच) अपडेट गराइहाल्नुस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३