close

ह्वाट्सएपले ल्याउँदैछ आफैं म्यासेज डिलिट हुने फिचर

टेकपाना टेकपाना

असोज १९, २०७६ १९:०

ह्वाट्सएपले ल्याउँदैछ आफैं म्यासेज डिलिट हुने फिचर

म्यासेजिङ एप ह्वाट्सएपले स्वतः म्यासेज डिलिट हुने फिचर ल्याउने भएको छ । अहिले एन्ड्रोइड भर्सनको एपमा यसको परीक्षण भइरहेको छ ।
यो फिचले प्रयोगकर्तालाई अरुलाई पठाइएको म्यासेज कति सेकेन्ड वा मिनेटपछि स्वतः डिलिट गर्ने भनेर विकल्प दिनेछ । यसले गर्दा अरुलाई पठाइएको सन्देश प्रमाणको रुपमा नबस्ने अनुमान छ ।

ह्वाट्सएपले अहिले ग्रुप च्याटमा मात्रै यो फिचर दिएको छ । तर, स्वतः डिलिट हुने फिचर दिने ह्वाट्सएप पहिलो एप भने हुने छैन ।

यो फिचर सुरुमा स्न्यापच्याट नामक एपले सुरु गरेको थियो । पठाएको केही समयमै डिलिट हुने फिचरका कारण विशेषतः किशोरकिशोरी प्रयोगकर्ताहरु स्न्यापच्याटमा आकर्षित भएका थिए ।

यो फिचर विशेषत नग्न तस्विर आदानप्रदानको लागि बढी प्रयोग हुने अनुसन्धानले देखाएको छ ।

स्न्यापच्याटबाहेक टेलिग्राम, सिग्नल, भाइबर, बीपजस्ता म्यासेजिङ एपले पनि यस्तो फिचर समेटेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३