close

प्याकेज बिना कुन माेबाइल सेवाप्रदायकको डाटा सस्तो ?

टेकपाना टेकपाना

असोज १९, २०७६ ९:४३

प्याकेज बिना कुन माेबाइल सेवाप्रदायकको डाटा सस्तो ?


दूरसञ्चार तथा मोबाइल सेवा प्रदायकबीच सस्तोमा इन्टरनेट दिन तीब्र प्रतिस्प्रर्धा चलिहरेको छ । यसैसन्दर्भमा कम्पनीहरुले बिभिन्न आकर्षक प्याकेज सहितका अफरहरु सार्वजनिक गरिरहेका छन् ।

तर, डाटा प्याकेज नलिँदाको अवस्थामा मोबाइलमा इन्टरनेट चलाउँदाको मूल्यमा भने कम्पनीहरुबीच खासै प्रतिस्प्रर्धा देखिँदैन । यस्तोमा बिना डाटा प्याकेज कुन कम्पनीको इन्टरनेट सस्तो होला त ? मुलुकमा थ्रीजी तथा फोरजी इन्टटरनेट दिँदै आएका तीन कम्पनीको ट्यारिफ रेटको विषयमा यहाँ तपाईहरुलाई जानकारी दिँदैछौँ ।
दूरसञ्चार प्राधिकरणबाट स्वीकृत ट्यारिफ अनुसार सरकारी स्वामित्वको नेपाल टेलिकमको मोबाइल इन्टरनेट अन्य कम्पनीहरुको तुलनामा सस्तो देखिएको छ । जसअनुसार डाटा प्याकेज नलिएको अवस्थामा टेलिकमले प्रति एमबीपीएस एक रुपैयाँका दरले इन्टरनेट दिइरहेको छ ।

तर, अन्य कम्पनीहरुको मोबाइल डाटा भने टेलिकमको तुलनामा निकै नै महंगो छ । टेलिकमले प्रति एमबीपीएस १ रुपैयाँमै मोबाइल डाटा उपलब्ध गराउदा मोबाइल सेवा प्रदायक एनसेल र स्मार्ट सेलले भने २ रुपैयाँका दरले ग्राहकबाट शूल्क उठाइरहेका छन् ।

डाटा ट्यारिफले के फरक पार्छ ?

हाल नेपाल टेलिकम, एनसेल र स्मार्ट सेलले मोबाइल इन्टरनेट सेवा उपलब्ध गराउँदै आएका छन् । एक हदसम्म तीनै कम्पनी बिच मोबाइल डाटा प्याकेजमा प्रतिस्प्रर्धा नभएको पनि होइन । तर, प्याकेज नलिएको अवस्थामा लाग्ने डाटा शूल्कमा भने तीनै कम्पनीबीच ठूलो अन्तर छ ।

डेटा प्याक नलिई इन्टरनेट चलाउँदा वा लिइसकेको डाटा प्याक समाप्त भएपछि नियमित दरको ट्यारिफ अनुसार सेवा प्रदायकले मोबाइल ब्यालेन्स काट्ने गरेका छन् । केही इन्टरनेट प्रयोगकर्तालाई डाटा प्याक लिने तरिका नै थाहा नहुँदा नियमित दरमै डाटाको शूल्क तिरिरहेका हुन्छन् भने कतिलाई लिइसकेको डाटा प्याक सकिएको पत्तै हुँदैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३