close

टेलिकम फोरजीका नयाँ ग्राहकलाई २ सय एमबी डाटा निःशूल्क

टेकपाना टेकपाना

असोज २२, २०७६ १५:१८

टेलिकम फोरजीका नयाँ ग्राहकलाई २ सय एमबी डाटा निःशूल्क

नेपाल टेलिकमले फोरजी तथा एलटीईका नयाँ ग्राहकलाई दुई सय एमबी मोबाइल डाटा निःशूल्क रुपमा उपलब्ध गराएको छ । भर्खरै काठमाडौं र पोखरा बाहिरका ३२ जिल्लाका ६० भन्दा बढी सहरमा फोरजी सेवा विस्तार गरेको टेलिकमले कम्पनीको फोरजी सेवामा पहिलो पटक रजिस्टर गर्ने ग्राहकलाई लक्षित गर्दै उक्त अफर ल्याएको हो ।
टेलिकमका प्रयोगकर्ताले *444# डायल गरी आफ्नो मोबाइल नम्बर फोरजी सेवामा दर्ता गराउन सक्नेछन् । दुई वर्षअघि काठमाडौं र पोखरामा सुरु भएको टेलिकमको फोरजी सेवा हाल नयाँ परियोजना अन्तरगत देशभर विस्तार हुने क्रममा छ । जसअनुसार आगामी माघ मसान्तसम्मदेशभरका सबै क्षेत्रमा टेलिकमको फोरजी सेवा विस्तार गर्ने लक्ष लिइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३