close

मोबाइलमा एक मिनेटमा कति शब्द टाइप हुन्छ ?

टेकपाना टेकपाना

असोज २४, २०७६ ९:५५

मोबाइलमा एक मिनेटमा कति शब्द टाइप हुन्छ ?

मोबाइलमा तपाईं एक मिनेटमा कति शब्द टाइप गर्न सक्नु हुन्छ ? भर्खरै सार्वजनिक नयाँ अध्ययनले भने मोबाइलमा प्रयोगकर्ताले औसत ३८ शब्द प्रति मिनेट टाइप गर्न सक्ने देखाएको छ । ३७ हजार मानिसलाई समेटेर यो अध्ययन तयार पारिएको हो ।

कम्युटरमा मानिसले औसत ५२ शब्द टाइप गर्न सक्ने र मोबाइलमा ३८ शब्द टाइप गर्न सक्ने अध्ययनको निश्कर्ष छ । तर, कम्युटरमा गर्न सकिने टाइप औसत भए पनि बानी परेकाहरुले प्रति मिनेट एक सय शब्दसम्म टाइप गर्न सक्ने अध्ययनले देखाएको छ ।

‘अब मानिसहरुले मोबाइलमा पनि कम्युटरमा जत्तिकै छिटो टाइप गर्न सक्ने भएका छन्’ अध्ययनको निश्कर्ष छ ।

अध्ययनले अधिकांश स्मार्टफोन प्रयोगकर्ताले २ वटा औंला प्रयोग गरी टाइप गर्ने र दिनमा ६ घण्टा टाइप गरेर विताउने निश्कर्ष निकालेको छ ।

अध्ययनको क्रममा समेटिएका ३७ हजार मानिसमध्ये सबैभन्दा छिटो टाइप गर्ने एक व्यक्तिले एक मिनेटमा ८५ शब्द प्रति मिनेट टाइप गरेको अध्ययन प्रतिवेदनमा जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३