close

चिनियाँ राष्ट्रपतिको औपचारिक भोजमा मोबाइल स्विच अफ गर्नु पर्ने

टेकपाना टेकपाना

असोज २४, २०७६ १२:५९

चिनियाँ राष्ट्रपतिको औपचारिक भोजमा मोबाइल स्विच अफ गर्नु पर्ने

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार अर्थात भोली नेपाल आउँदै छन् । उनको राजकीय भ्रमण शनिबार र आइतबारका लागि तय भएको छ ।

चिनियाँ राष्ट्रपति सी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा राजकीय भ्रमणमा नेपाल आउन लागेका हुन् ।यो दुई दिनको अवधिमा राष्ट्रपति सीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलगाएत सँग भेट गर्ने कार्यक्रम रहेको छ ।

साथै शनिबार बेलुका चिनियाँ राष्ट्रपति सी काे स्वागतमा औपचारिक भोजको पनि आयोजना हुनेछ । उक्त भोजमा अतिथिले भने मोबाइल प्रयोग गर्न नपाउने भएका छन् । परराष्ट्र मन्त्रालयले सुचना जारी गर्दै अतिथिलाई भोजमा मोबाइल स्विचअफ गर्न आग्रह गरेको छ । साथै फोटो खिच्न पनि रोक लगाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३