close

नेपालको दूरसञ्चार पूर्वाधारमा चिनियाँ वर्चश्व

टेकपाना टेकपाना

असोज २५, २०७६ १४:४८

नेपालको दूरसञ्चार पूर्वाधारमा चिनियाँ वर्चश्व


लामो समयदेखि नेपालको दूरसञ्चार पुर्वाधार क्षेत्रमा चिनियाँ कम्पनीको वर्चश्व रहँदै आएको छ । नेपाल टेलिकम, एनसेल, स्मार्ट सेल जस्ता ठूला दूरसञ्चार कम्पनीका पूर्वाधार सम्बन्धि ठेक्का हुवावे, जेडटीई र सीसीएसआई जस्ता चिनियाँ कम्पनीकै हातमा छन् । नेपालको दूरसञ्चार पूर्वाधारमा प्रयोग भएका करीब ८० प्रतिशत उपकरण समेत चिनियाँ कम्पनीकै छन् ।

निजी दूरसञ्चार कम्पनीले अगाडि बढाएका परियोजनामा समयमै सस्तो मूल्यमा परियोजना सम्पन्न गर्ने तिनै दूरसञ्चार पूर्वाधार तथा उपकरण निर्माता कम्पनीले सरकारी स्वामित्वको नेपाल टेलिकमका परियोजनामा भने ढिलाई गर्दै आइरहेका छन् ।

नेपाल टेलिकमको एक करोड जीएसएम लाइनदेखि करीब २० अर्ब रुपैयाँको फोरजी परियोजना र मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर विच्छ्याउने परियोजना चिनियाँ कम्पनीले नै हात पारेका छन् ।

यस्ता छन्, चिनियाँ कम्पनीले पाएका परियोजना

  • नेपाल टेलिकमको टेन मिलियन जिएसएम लाइन परियोजना–हुवावे
  • नेपाल टेलिकमको फोरजी विस्तार परियोजना–सीसीएसआई र जेडटीई
  • मध्यपहाडी लोकमार्ग अन्तरगत इन्फरमेशन सुपर हाई–वे– सीसीएसआई, सीटीएस कम्युनिकेशन, चाइना रेल्वे
  • एनसेल डाटा सेन्टर (आईडीसी)–हुवावे
  • स्मार्ट टेलिकमको फोरजी–जेडटीई
  • एनसेल फोरजी टावर तथा बीटीएस–हुवावे

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३