close

होटल चेन ओयोको कुल सम्पत्ति १० खर्ब नाघ्यो

टेकपाना टेकपाना

असोज २६, २०७६ १२:१७

होटल चेन ओयोको कुल सम्पत्ति १० खर्ब नाघ्यो

भारतको सबैभन्दा ठुलो होटल चेन ओयोका संस्थापक रितेश अग्रवालले आफ्नो कम्पनीमा २ खर्ब भन्दा बढी लगानी थप गर्दै छन् । उनले व्यापारमा आफ्नो हिस्सेदारी बढाएर भारतको दोस्रो सबैभन्दा मूल्यवान स्टार्टअप कम्पनीको रुपमा स्थापित गर्दैछन् । यससँगै नेपालमा समेत आफ्नो सेवा विस्तार गरेको ओयोको कुल सम्पत्ति १० खर्ब नाघेको छ ।

कम्पनीको नयाँ लगानी जुटाउने योजना पनि बनाएको छ । जसमा १ खर्ब ५० अर्बभन्दा बढी लगानी संस्थापकबाट संकलन गरिनेछ । जसमा संस्थापक अग्रवालले मात्रै झन्डै ८० अर्ब नेपाली रुपैंया ओयोमा लगानी गर्ने जनाइएको छ । त्यसबाहेकको लगानी जापानको सफ्ट बैंक र अन्य संस्थापकहरुले गर्ने उल्लेख छ । साथै अग्रवालले सुरुवाती लगानीकर्ताको रुपमा रहेको लाइटस्पिड भेन्चर पार्टनर र सेक्वाइया क्यापिटलबाट १ खर्ब ३० अर्ब भन्दा बढी मूल्य बराबरको शेयर खरिद गर्ने जनाइएको छ । त्यसका लागि बैंक तथा वित्तीय संस्थाबाट सहयोग लिने कम्पनीको योजना छ ।

सन् २०१३ बाट अग्रवालले ओयो सञ्चालनमा ल्याएका थिए । उनले भारतमा रहेका बजेट स्तरका होटलसँगको सहकार्यमा त्यसको सुरुवात गरेका थिए । उनले शुल्क र आम्दानीको साझेदारीमा त्यस्ता होटलको रि–ब्राण्डीङ र पुनः संरचनामा काम गरेका थिए । जुन छोटो समयमा भारतको होटल उद्योगमा प्रमुख खेलाडीको रुपमा स्थापित भयो । जसले आफ्नो सेवा नेपाल लगायत आधा दर्जन भन्दा बढी देशमा गरिसकेको छ । अझ त्यसलाई विश्वव्यापी गर्नकालागि नयाँ लगानी थप गर्ने योजनामा ओयो रहेको छ । ‌ओयोले आफ्नो चेनमा रहेका होटेलको अनलाइन बुकिङ्ग सुविधा समेत दिँदै आएको छ ।

नयाँ लगानी सँगै अग्रवालको ओयोयमा ३० प्रतिशत शेयर हुनेछ । भने आयोको कुल सम्पत्ति १० खर्ब भन्दा बढी पुग्नेछ । जसले ओयोलाई भारतको दोस्रो ठुलो स्टार्टअप कम्पनीको रुपमा स्थापित गर्नेछ । जुन डिजिटल पेमेन्ट कम्पनी पेटीएम पछि हो । पेटिएमको सम्पत्ति १५ खर्बको हाराहारीमा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३