close

दशैंमा म्यासेज पठाउनेको संख्या बढ्दै, टेलिकमबाट मात्रै एक करोड २० लाख एसएमएस

टेकपाना टेकपाना

असोज २७, २०७६ १८:१२

दशैंमा म्यासेज पठाउनेको संख्या बढ्दै, टेलिकमबाट मात्रै एक करोड २० लाख एसएमएस

धेरैको अनुमान विपरीत पछिल्ला वर्षहरुमा मोवाइल एसएमएस आदाप्रदान गर्नेको संख्यामा वृद्धि भएको छ । विषेशगरी दशैको बेलामा मोवाइल एसएमएसमार्फत आफन्तलाई शुभकामना सन्देश पठाउनेको संख्यामा उल्लेख्य वृद्धि भएको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यका अनुसार यसपालिको दशैंमा नेपाल टेलिकमको नेटवर्कमार्फत मात्रै एक करोड २० लाख एसएमएस आदानप्रदान भएको छ । यो तथ्याङ्क मात्र एक साता ( असोज १७ देखि २३ असोजसम्म) को हो ।

यो वर्ष अघिल्लो वर्षको तुलनमा १० लाख भन्दाबढी एसएसएस आदान प्रदान भएको कम्पनीले जनाएको छ । वैद्यका अनुसार अघिल्लो वर्षको दशैमा नेपाल टेलिकमको नेटवर्कमार्फत एक करोड १० लाख भन्दाबढी एसएमएस आदान प्रदान भएको थियो ।

यो क्रम पछिल्लो वर्षहरुमा निरन्तर बढ्दै आएको वैद्यले बताइन् । उनका अनुसार २०७४ को दशैमा मबाइलमार्फत झन्डै एक करोडको हाराहारीमा एसएमएस पठाइएको थियो । ‘मोवाइलमार्फत एसएमएस पठाउनेको संख्या वार्षिक रुपमा बढ्नुको प्रमुख कारण मोबाइल प्रयोगकर्ता बढ्नु नै हो,’ वैद्यले भन्छिन्, ‘हरेक वर्ष मोबाइल प्रयोगकर्ताको संख्या लाखौंको संख्याले बढिरहेका छन् । जती धेरै मोवाइलको प्रयोग हुन्छ त्यति नै मोबाइलबाट एसएमएस आदान प्रदान हुन्छ ।’

प्रवक्ता वैद्यले भनेझै मोबाइल प्रयोगकर्ताको संख्या पनि ठुलोमात्रामा बढिरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत असोज महिनको तथ्याङ्कमा नेपाल टेलिकमको मोबाइल सीम प्रयोगकर्ता एक करोड ८२ लाख ७९ हजार थिए । त्यो संख्या गएको साउनसम्ममा बढेर दुई करोड चार लाख ८० हजार भन्दा बढी पुगेको छ ।

भदौं र असोज महिनाको तथ्याङ्क नआउँदै १० महिनको अवधिमा टेलिकमा २२ लाख भन्दा बढी ग्राहक थपिएका छन् । त्यसैले पनि मोबाइलमार्फत एसएमएस पठाउनको संख्यामा वृद्धि भएको हो । तर पनि म्यासेजिङ एप म्यासेन्जर, ह्वाट्स एस, भाइबर लगायतका विभिन्न एपको बढ्दो प्रयोगको बिचमा मोबाइल एसएसएस यो संख्यामा आदा प्रदान समेत बढ्नु सकारात्म भएको वैद्य बताउँछिन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३