close

‘फेस रिकग्निशन’ प्रविधिलाई अनिवार्य गर्दै फ्रान्स, तर नेपालमा परिचयपत्र नै छैन

टेकपाना टेकपाना

असोज २८, २०७६ १३:२८

‘फेस रिकग्निशन’ प्रविधिलाई अनिवार्य गर्दै फ्रान्स, तर नेपालमा परिचयपत्र नै छैन

फ्रान्सले फेस रिकग्निशन अर्थात अनुहारको पहिचान गर्ने प्रविधिलाई अनिवार्य गर्ने भएको छ । फ्रान्सले आफ्ना नागरिकको डिजिटल पहिचानमा यो प्रविधिलाई अपनाउने तयारी गरेको हो ।

यो फ्रान्सको डिजिटल नागरिक परिचय पत्र कार्यक्रम अन्तरगत रहेको छ । त्यसका लागि फ्रान्सले ‘एलिसिम’ नामक एप निमार्ण गरेको छ । जसमार्फत नागरिकलाई सरकारी सेवाको पहुँचमा सहजता मिल्ने विश्वास फ्रान्सको छ । फ्रान्सले भनेको छ, ‘यो डिजिटल पहिचान प्रयोग गरी कर, सामाजिक सुरक्षा लगायतका सेवा अनलाईबाटै प्राप्त गर्न सकिन्छ । जसले राज्यलाई अझ बढी सक्षम बनाउन समेत मद्धत मिल्नेछ ।’

फ्रान्सका अनुसार कानुनी डिजिटल परिचयपत्रको लागि अनुहारको पहिचान अनिवार्य हुनेछ । त्यसका लागि एलिसिम एपमार्फत सेल्फी भिडियो लिनुपर्नेछ । त्यो पनि एक पटकमात्रै खिच्न मिल्ने बताइएको छ । एलिसिमले उक्त सेल्फी भिडियो नागरिकको पासपोर्टको फोटो सँग तुलना गरी उही व्यक्ती हो वा होइन भनी पत्ता लगाउने छ ।

फ्रान्सका साथै यस्तै किसिमको प्रविधिको प्रयोग सिंगापुरले पनि गर्दैछ । सिंगापुरले सरकारी सेवाहरूको लागि अनुहार पहिचान आईडीको योनजा बनाइरहेको उल्लेख । हाम्रै छिमेकी मुलुक भारतले पनि केही हदसम्म यसलाई प्रयोगमा ल्याएको छ । भारतको आधार कार्डमा ‘आईरिस स्क्यान’ अर्थात आखाँको रेटिना पहिचान गर्ने प्रविधि प्रयोगमा ल्याएको छ ।

फ्रान्सका अनुसार त्यहाँको सरकारले सुरु गर्न लागेको अनुहार पहिचान प्रणाालीमार्फत चीनको जस्तो नागरिकको निगरानी भने हुने छैन । आईडीको लागि एक पटक लिएको अनुहारको पहिचान प्रयोगमा आएसँगै त्यो आफै मेटिने गरी सिस्टमाको विकास गरिएको जनाइएको छ ।

विभिन्न देशहरुले आफ्ना नागरिकको पहिचान तथा सुरक्षाका लागि नवीनतम् सूचना प्रविधि प्रयाेगमा फड्को मार्दै गरेको भए पनि नेपालमा भने केही वर्षयता चर्चामा रहेको राष्ट्रिय परिचय पत्र समेत सरकारले अझै आफ्ना नागरिकलाई प्रदान गर्न सकेको छैन । यद्यपी, राष्ट्रिय परिचयपत्र सम्बन्धि सरकारको कार्यक्रममा भने आँखको रेटिना पहिचान गर्ने प्रविधिको समावेश गर्ने तयारी भइरहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको निर्देशक सुभास ढकालले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३