close

पब्जीमा लत लागेका युवक, जसले आफैले आफ्नो अपहरण गराए

टेकपाना टेकपाना

असोज २८, २०७६ १८:३१

पब्जीमा लत लागेका युवक, जसले आफैले आफ्नो अपहरण गराए

पब्जीको लत लागेका १६ वर्षिय एक भारतीय युवकले आफैले आफ्नो अपहरणको नाटक गरेको छन । उनले आफु अपहरण भएको भन्दै आफ्नै परिवारसँग फिरैतीकालागि तीन लाख रुपैयाँ माग गरेका थिए । तर, उनको स्व अपहरणको कथालाई प्रहरीले पर्दाफास गरेको छ ।

प्रहरीका अनुसार केही दिन अघी युवकको परिवारले आफ्नो छोरो अपहरणमा परेको र अपहरणकारीले फिरौतीको लागि तिन लाख रुपैयाँ माग गरेको भन्दै प्रहरीमा उजुरी हालेका थिए । त्यो सँगै प्रहरीले उक्त घटनमा अनुसन्धान थाल्यो।

अनुसन्धानको क्रममा उक्त युवकले आफैले आफ्नो अपहरणको गरेको पाइएको हो । उनले आफ्ना बाबु आमालाई विभिन्न नम्बरबाट फिरौतीको रकम माग गर्दै कल गरेको थिए। प्रहरीका अनुसार उक्त युवकको पब्जी खेलमा लत बसेको थियो । एक दिन उनको आमाले पब्जीबाट छोरोलाई टाढा राख्न मोबाइल खोसेर राखेकी थिइन ।

आमाले मोबाइल फोन खोसे पश्चात गेम खेल्न नपाएको बालकले परिवारलाई नै फोन गरेर आफु अपहरण परेको भनी पैसा माग गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त बालकलाई हैदरबादको बस स्टेसनबाट सोमबार उद्धार गरिएको छ ।

आन्द्र प्रदेशमा रहेको आफ्नो हजुरबुबा हजुरआमाको घर जाने तयारीमा रहेको बेला उनलाई प्रहरीले उद्धार गरेको हो । उद्धार गरी उनलाई प्रहरीले परिवारलाई जिम्मा लगाएको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३