close

गुगल पिक्सेल फोर सार्वजनिक, यस्तो छ फिचर

टेकपाना टेकपाना

असोज २९, २०७६ ११:४०

गुगल पिक्सेल फोर सार्वजनिक, यस्तो छ फिचर

विश्व बजारमा बहुप्रतिक्षित स्मार्टफोन गुगल ‘पिक्सेल ४’ र ‘पिक्सेल ४एक्सएल’सार्वजनकि भएको छ । मंगलबार राती अमेरिकाको न्युयोर्कमा विशेष कार्यक्रमका बिच गुगलले यी दुई स्मार्टफोन सार्वजनिक गरेको हो ।
गुगलको यस उत्पादनलाई सामसङको नोट १० र नोट १० प्लसका साथै एप्पलको आइफोन ११ र ११ प्रो को प्रतिशपर्धी स्मार्टफोनको रुपमा हेरिएको छ । गुगल एसिस्टेन्सको परिस्कृत भर्जनका साथमा आएको यी दुबै स्मार्टफोनमा कम्पनीले विश्वकै उत्कृष्ट डिस्प्ले प्रयोगमा ल्याएको छ ।

जुन डिस्प्लेले ‘डिस्प्ले मेट’बाट ए प्लस रेटिङका साथै उत्कृष्ट स्मार्टफोन डिस्प्ले अवार्ड समेत पाएको छ । यी स्मार्टफोनमा प्रयोगमा ल्याइएको गुगल एसिस्टेन्स अघिल्ला भजर्नको तुलनमा बढि प्रतिक्रियात्मक रहेको जनाइएको छ । यी दुबै स्मार्टफोनमा गुगलले आफ्नो ल्याङ्वेज मोडलको ‘वान–डिभाइस भर्जन’समावेस गरेको छ । यसको अर्थ अब गुगल एसिस्टेन्समा मोवाइल प्रयोगकर्ताले सोधेको प्रश्नको जवाफ तुरुन्तै पाइनेछ ।

यसअघि कुनैपनि प्रश्नको जवाफ दिनको लागि प्रयोगकर्ताको जवाफ आएसँगै गुगल एसिस्ट्न्सले गुगलको डेटा सेन्टरमार्फत उक्त जवाफ दिने गरेको थियो । ल्याङ्वेज मोडलको वान–डिभाइस भर्जन समावेस गरेसँगै अब त्यसैले धेरै जसो प्रश्नको जवाफ दिने भएको छ । तर, गहन र तथ्याङ्नै आवश्यक पर्ने प्रश्नमा भने गुगल एसिस्टेन्सले गुगलको डाटा सेन्टरबाट जवाफ खोजेर पठाउने छ ।

साथै अब प्रयोगकर्ताले गुगल एसिस्टेन्स सँग निरन्तर गफ गर्न सक्ने भएका छन । यसअघी एक प्रश्नको जवाफ सोधेसँग अर्को प्रश्नको लागि समय लाग्ने गरेको थियो । अब एक पछि अर्को प्रतिप्रश्न गर्न सकिने भएको छ । जुन यो सुविधाको साथमा आएको पहिलो स्मार्टफोन हो ।

यो स्मार्टफोन एन्ड्रोएड १० भर्जनमा सञ्चालनमा आएको छ । डबल क्यामराका साथमा आएको फोनमा कम्पनीले फ्रिंगर प्रिन्ट सेन्सरलाई भने हटाएको छ । फेसअनलकलाई बढी प्रभावकारी बनाउँदै गुगलले यी दुबै स्मार्टफोनबाट पिलंगर प्रिन्ट सेन्सर हटाएको जनाएको छ ।

पिक्सेल ४ एक्सएल


स्क्रिन : ६.३ इन्च क्युएचडी पल्स ९०हर्ज ओएलईडी डिस्प्ले
प्रोसेसर : क्वालकम स्न्यापड्रयागन ८५५
फ्रन्ट क्यामेरा : ८ मेगापिक्सेल
रियर क्यामेरा : डबल क्यामेरा(१६ प्लस १२.२ मेगापिक्सेल)
र्याम : ६ जीबी
रोम(स्टोरेज) : ६४ र १२८ जीबी
ओएस : एन्ड्रोइड १०
ब्याट्री : ३७०० एमएएच
अन्य सुविधा : १८ वार्ड फास्ट चार्जिङ, फेस अनलक


पिक्सेल ४


स्क्रिन : ५.७ इन्च क्युएचडी पल्स ९०हर्ज ओएलईडी डिस्प्ले
प्रोसेसर : क्वालकम स्न्यापड्रयागन ८५५
फ्रन्ट क्यामेरा : ८ मेगापिक्सेल
रियर क्यामेरा : डबल क्यामेरा(१६ प्लस १२.२ मेगापिक्सेल)
र्याम : ६ जीबी
रोम(स्टोरेज) : ६४ र १२८ जीबी
ओएस : एन्ड्रोइड १०
ब्याट्री : २८०० एमएएच
अन्य सुविधा : १८ वार्ड फास्ट चार्जिङ, फेस अनलक

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३