close

ओप्पो रेनो टु एफ नेपाली बजारमा, यस्ता छन् फिचर

टेकपाना टेकपाना

असोज २९, २०७६ १५:५१

ओप्पो रेनो टु एफ नेपाली बजारमा, यस्ता छन् फिचर

ओप्पो रेनो सिरिज अन्तरगतको रेनो टू एफ बुधबार नेपालमा सार्वजनिक भएको छ । कम्पनीले विशेष कार्यक्रमको आयोजना गरी बहुप्रतिक्षित स्मार्टफोन रेनो टु एफ सार्वजनकि गरेको हो ।

क्वाड क्यामरा सेटअप, ८ जीबी र्‍याम, हिडन फिंगरप्रिन्ट लगायत विभिन्न फिचर्सहरुका साथ बजारमा आएको रेनो टू एफ आकर्षण डिजाइनमा आएको छ । जसले प्रयोगकर्तालाई परिस्कृत अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

ओप्पो नेपालका कार्यकारी निर्देशक बबी झाओका अनुसार रेनो सिरिजका उत्पादन विश्व बजारमा आकर्षक डिजाइन र त्यसमा प्रयोग हुने प्रविधिका कारण परिचित हुँदै आएका छन् । रेनो टु एफमा प्रयोग भएको क्यामरा प्रविधि पनि यो रेन्जको स्मार्टफोनमा सबैभन्दा उत्कृष्ट रहेको उनको दाबी छ ।

रेनोटू एफमा क्वाड(चारओटा) क्यामरा छन् । त्यसमा ४८ एमपीको अल्ट्रा क्लियर मेन लेन्स, ८ एमपीको वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २ एमपीको पोट्रेट लेन्स रहेका छन् । क्यामरामा एफ १.७९ अपाचर र १/२.२५ इन्च सेन्सर दिइएको छ ।

कम्पनीका अनुसार यो फोन फोटोग्राफिका साथै भिडियोग्राफिको लागि पनि उत्तिकै महत्वपूर्ण हुनेछ । त्यस्तै ओप्पोले गेमर्सलाई ध्यानमा राख्दै चार हजार एमएएच (टीवाईपी) ब्याट्री स्मार्टफोनमा राखेको छ । यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत चार्ज गर्न सकिने उल्लेख छ ।

फोनमा स्मार्ट एआई रेफ्रिजेरेटरको ब्यवस्था पनि छ। यसले मोबाइल प्रयोगमा नभएको बेला एपलाई फ्रिज गरी ब्याट्री बचतमा सघाउँछ । त्यसकालागि फोनमा भोक फ्ल्याश चार्ज ३.० प्रविधि प्रयोगमा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार भीएफसी फास्ट चार्जिङ अल्गोरिदमले प्रत्यक्षरुपमा ट्रिक्लिङ चार्जिङको गति बढाएर ३० मिनेटमा ५१ प्रतिशत चार्ज गर्ने बताइएको छ ।

रेनो टु एफ

स्क्रिन : ६.५ इन्च एमोलेड पानोरमिक डिस्प्ले
प्रोसेसर : मिडियाटेक हेलियो पी ७०
फ्रन्ट क्यामेरा : १६ मेगापिक्सेल
रियर क्यामेरा : क्वाड क्यामरा (४८ प्लस, ८ प्लस, २ प्लस २ मेगापिक्सेल)
र्‍याम : ८ जीबी
रोम (स्टोरेज) : १२८ जीबी
ओएस : एन्ड्रोएड पाई/कलर ओएस ६.१
ब्याट्री : ४००० एमएएच
अन्य सुविधा : भोक फ्ल्यास फास्ट चार्जिङ, फिंगर प्रिन्ट, लिंक बुस्ट, गेम बुस्ट २.०, डब्ली अटोमस साउण्ड सिस्टम
मूल्य : ४६,९९०

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३