close

पुस अन्तिम साता एआई कन्फ्रेन्स आयोजना हुने

टेकपाना टेकपाना

असोज ३०, २०७६ १२:४

पुस अन्तिम साता एआई कन्फ्रेन्स आयोजना हुने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस अन्तिम साता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी कन्फ्रेन्स आयोजना गर्ने भएको छ । हालै जारी भएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिअनुरुप देशभरका विज्ञान प्रविधिका गतिविधि समेटेर तयार पार्न लागेको ‘क्यालेन्डर इभेन्ट’ अन्तर्गत सम्मेलन मन्त्रालयले जनाएको छ ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति कार्यान्वयन गर्ने दिशामा एआई कन्फ्रेन्स कोसेढुंगा सावित हुने विश्वास लिइएको मन्त्री गिरिराजमणि पोखरेलले बताए । विश्वमा जारी चौथो औद्योगिक रिभोल्युसनअन्तर्गत एआई युगमा विश्व प्रवेश गरेको सन्दर्भमा राष्ट्रलाई त्यसतर्फ अघि बढाउने, नीतिनिर्मातालाई सचेत र जागरुक बनाउदै एसडीजीका लक्ष्य हासिल गर्न सम्मेलन सार्थक हुने मन्त्री पोखरेलको भनाइ छ ।

प्राम्भिक तयारीअनुसार सम्मेलन ३ देखि ५ दिनसम्म आयोजना हुनेछ । सम्मेलनमा सहभागी हुन विश्वभरका प्रतिष्ठित एआई विज्ञ नेपाल आउनेछन् । सम्मेलनमा विज्ञहरूसँगै नीति निर्माता, विदेशी संघसस्था र सरोकारवालाको उल्लेख्य सहभागिता रहनेछ । इमर्जिङ प्रविधिमा केन्द्रित रहेर सरकारले आयोजना गर्ने यो सम्मलेन नेपालका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३