close

भीभो भी १७ प्रो सार्वजनिक, बजार मूल्य ५२ हजार ४ सय ९०

रन्जन कोइराला रन्जन कोइराला

असोज ३०, २०७६ १६:२६

भीभो भी १७ प्रो सार्वजनिक, बजार मूल्य ५२ हजार ४ सय ९०

भीभो भी सिरिज अन्तर्गतको भीभो भी १७ बिहिबार नेपाली बजारमा सार्वजनिक भएको छ । विषेश कार्यक्रमका बिच कम्पनीले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन भीभो भी १७ सार्वजनिक गरेको हो । यो सँगै कम्पनीको पोर्टफोलियोमा नयाँ नाम थपिएको छ।

क्वाड क्यामरा सेटअपका साथमा विश्वको पहिलो ३२ मेगापिक्सेल ड्युल पप-अप सेल्फी क्यामरा राखिएको छ । ८ जीबी र्याम, र १२८ जीबी आन्तरिक स्टोरेज अप्सनमा मोबाइल नेपाली बजारमा भित्रिएको छ । आकर्षण डिजाइनमा बजारमा आएको फोनमा विभिन्न फिचर्सहरु रहेका छन । जसले प्रयोगकर्तालाई मोवाइल प्रयोगमा नयाँ अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

भीभो नेपालका ब्राण्ड म्यानेजर पेङ्दाले भी सिरिजका उत्पादनले सधै‌ क्यामरा इनोभेसनलाई जोड दिँदै आएको छ । त्यसैको क्रममा भीभो भी १७ बजारमा ल्याइएको हो । जसले क्यामरा अनुभवलाई नयाँ उचाईमा पुर्याउने छ । यसमा प्रयोग भएको ३२ मेगापिक्सेलको ड्युल पप अप फ्रन्ट क्यामरामार्फत निकै कम उज्यालोमा पनि बिना कुनै समस्या उत्कृष्ट फोटो खिच्न सकिने उनले बताए ।

भीभो भी १७ मा क्वाड(चारओटा) क्यामरा छ । त्यसमा ४८ एमपीको एचडी मेन लेन्स, १३ एमपीको टेलिफोटो लेन्स, ८ एमपीको एआई सुपर वाइड एंगल प्लस सुपर म्याक्रो लेन्स, एउटा मोनो लेन्स र २ एमपीको बोके लेन्स रहेका छन् ।

ड्यूल ३२ मेगापिक्सेल र सूपर वाइड एंगल क्यामराहरुले सेल्फीका लागि नयाँ सोच कायम गरेको छ । सूपर वाइड एंगल क्यामराले १०५ डिग्रीसम्मको दृश्य हेर्न सकिन्छ । त्यस्तै फोनमा सूपर नाइट सेल्फी माेड रहेकाे छ । सूपर नाइट सेल्फीले विभिन्न फ्रेमहरुलाई संयुक्तरुपमा पिक्चर ब्राइटनेस कायम गर्दै स्पष्ट र अधिक सटिकरुपमा फोटो खिच्न सहयोग गर्दछ । यसैबिचमा फ्रन्ट मुनलाइट ग्लो लाइटले अध्यारोलाई हटाउँछ र लो लाइट भएको अवस्थामा पनि सब्जेक्टलाई हाइलाइट गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो फोन फोटो ग्राफिका साथै भिडियो ग्राफिको लागि पनि उत्तिकै महत्वपूर्ण हुनेछ । पब्जी फोनको रुपमा आएको फोन प्रविधिको हिसाबले पनि उत्कृष्ट रहेको कम्पनीको दावी छ ।

भीभो भी १७

स्क्रिन : ६.४४ इन्च सुपर क्यापासिटिभ टच स्क्रिन
प्रोसेसर : क्वालकम एसडीएम६५७ स्न्यापड्रागन 675
फ्रन्ट क्यामेरा : पप अप डबल क्यामरा(३२ प्लस ८ मेगापिक्सेल)
रियर क्यामेरा : क्वाड क्यामरा (४८ प्लस ८ प्लस, १३ प्लस २ मेगापिक्सेल)
र्याम : ८ जीबी
रोम(स्टोरेज) : १२८ जीबी
ओएस : एन्ड्रोएड पाई
ब्याट्री : ४१०० एमएएच
अन्य सुविधा : फास्ट चार्जिङ, फिंगर प्रिन्ट,
मूल्य : ५२,४९०

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३