close

भारतको उत्तर प्रदेशका क्याम्पस र विश्वविद्यालयमा मोबाइल प्रतिबन्ध, नेपालमा के होला ?

टेकपाना टेकपाना

कात्तिक १, २०७६ १८:३९

भारतको उत्तर प्रदेशका क्याम्पस र विश्वविद्यालयमा मोबाइल प्रतिबन्ध, नेपालमा के होला ?

भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ सरकारले राज्य अन्तरगतका कलेज र विश्वविद्यालयहरूमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । उत्तर प्रदेशको उच्च शिक्षा निर्देशनालयले मोबाइलमा प्रतिबन्ध लगाइएको सुचना जारी गरेको हो ।

निर्देशनालयले जारी गरेको सुचनामा विश्वविद्यालय र कलेजभित्र मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । यो प्रतिबन्ध राज्यका सबै विश्वविद्यालय र कलेज भरिका शिक्षकलाई समेत लागू हुने जनाइएको छ ।

यो सँगै अब उत्तर प्रदेशका विश्वविद्यालय र कलेजहरूमा विद्यार्थी र शिक्षकले मोबाइल फोन प्रयोग गर्न पाउने छैनन् । उच्च शिक्षा निर्देशनालयले जारी गरेको सुचनामा राज्यका सबै कलेज र विश्वविद्यालयमा विद्यार्थीका लागि उत्तम शिक्षण वातावरण सुनिश्चित गर्न यस्तो कदम चालिएको उल्लेख गरिएको छ ।

यसअघि मूख्यमन्त्री आदित्यनाथले आफ्ना आधिकारिक बैठक तथा मन्त्रिपरिषदको बैंठकहरुमा मोबाइल फोन प्रतिबन्ध लगाएका थिए । महत्वपूर्ण बैठकमा समेत केही मन्त्री र अधिकारीहरू ह्वाट्सएपमा व्यस्त हुन थालेपछी उनले त्यस्तो कदम चालेका थिए । उनले त्यस्तै अर्क कदमको रुपमा अहिले कलेज तथा विश्वविद्यालयमा पनि प्रतिबन्ध लगाएका हुन् ।

मोबाइलमै विद्यार्थी तथा शिक्षकले लामो समय बिताउने गरेको तथ्याङ्क सार्वजनिक भएसँगै सरकारले यस्तो कदम चालेको जनाइएको छ । विद्यार्थी तथा शिक्षकका बहुमूल्य समय मोबाइलमा व्यतित भइरहेको छ भन्दै समयको सही सदुपयोगको लागि मोबाइलमा प्रतिबन्ध लगाइएको बताइएको छ ।

नेपालको सीमासँग जोडिएकाे छिमेकी मुलुकको प्रदेश सरकारले कलेज तथा विश्वविद्यालयहरुमा मोबाइल प्रतिबन्ध लगाएसँगै त्यसको प्रभाव नेपालमा पर्ला कि नपर्ला अहिले नै आँकलन गर्न कठीन छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३