close

विण्डोज फोनको एप स्टोर बन्द गर्दै माइक्रोसफ्ट

टेकपाना टेकपाना

कात्तिक २, २०७६ १३:३७

विण्डोज फोनको एप स्टोर बन्द गर्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले विन्डोज फोनको एप स्टाेर बन्द गर्ने तयारी गरेको छ । यसको अर्थ सबै एपस्टोर बन्द हुने भने होइन । विण्डोज फोन ८.१ को लागि संचालनमा रहेको एप स्टोरमात्रै बन्द हुनेछ । जुन आउँदो डिसेम्बरबाट बन्द हुने जनाइएको छ ।

लामो समयदेखि विण्डोज फोन ८.१ मा काम गर्न छाडेको कम्पनीले अब त्यसको एप स्टार नै बन्दै गर्ने भएको हो । यसअघि कम्पनीले सन् २०१७ जुलाईबाट विण्डोज फोन ८.१ मा काम गर्न छाडेको थियो । त्यतिमात्रै नभएर कम्पनीले विगत दुई वर्षदेखी विन्डोज फोनहरुमा अपडेट दिन पनि छाडेको छ ।

विन्डोज फोनले बजार लिन नसकेपछि मोबाइलबाट पछि हेटेको माइक्रोसफ्टले विन्डोज फोनका सम्पुर्ण सेवा नै बन्द गर्ने तयारीमा रहेको देखिन्छ । कम्पनीका अनुसार आउँदो डिसेम्बर १६ बाट विण्डोज फोन ८.१ का प्रयोगकर्ताहरु एप स्टोरबाट कुनैपनि एपहरु डाउनलोड गर्न सक्नेछैनन् । डाउनलोड भएको एपमा पनि अपडेट पाउने छैनन् ।

त्यतिमात्रै नभएर सेवा बन्द भइसेपछि मोबाइल फोन प्रयोगकर्ताले आफुले प्रयोग गरिरहेको एप पनि गुमाउन सक्नेछन् । यदि प्रयोकर्ताले मोवाइलमा रहेको एप अनस्टल गरे अथवा फोन रिसेट गरेको खण्डमा सबै एपहरु गुमाउने छन् । यसले प्रयोगकर्तालाई समस्या सिर्जना हुने छ ।

यसको विकल्प भनेको अब तपाईले विन्डोज भर्जन नै मोवाइलमा अपडेट गर्नु पर्ने हुन्छ । प्रयोगकर्ताले आफुलाई अपडेट गरि विन्डोज १० मा जान सक्नेछन । बजारमा कम्पनीको अझैपनि १७ वटा लूमिया मोडलहरु छन् । जुन विण्डोज १० मा अपडेट गर्न सकिन्छ ।

अपरेटिङ सिस्टम अपडेट गर्नको लागि तपाईँले अपग्रेड एडभाइजर एप प्रयोग गर्न सक्नुहुनेछ । डिसेम्बर १६ सम्म गरिसक्नु पर्ने बताइएको छ । यस्तो अपडेट गर्न सकिने माइक्रोसफ्ट फोनहरुमा लूमिया ४३० भन्दा माथिका तथा नोकिया लूमिया ७३० भन्दा माथिका मोडलहरु रहेको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३