close

अमेरिकी आर्टिफिसिएल इन्टेलिजेन्स कम्पनी नेपालमा

टेकपाना टेकपाना

कात्तिक २, २०७६ १८:४३

अमेरिकी आर्टिफिसिएल इन्टेलिजेन्स कम्पनी नेपालमा

सूचना प्रविधि क्षेत्रमा काम गर्दै आएको अमेरिकी कम्पनी सिथोसले नेपालमा समेत सेवा विस्तार गर्ने भएको छ । नेपालको बैंकिङ क्षेत्रमार्फत सूचना प्रविधि तथा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) सेवा दिने गरी नेपाल भित्रिएको हो ।

अमेरिकामा केन्द्रीय कार्यालय रहेको सिथोसले भारतमा भने यस अघिदेखि नै सेवा प्रदान गर्दै आएको छ । सिथोस अमेरिकाका अध्यक्ष खगेन्द्र जिसीले आर्टिफिसिएल इन्टिलिजेन्स नेपालमा एकदमै आवश्यक भएकाले सिथोस नेपाल प्रवेश गरेको बताए ।

कम्पनीले नेपालको बैंकिङ प्रणालीमा रिस्क मेनेजमेण्ट, ह्याकिङ लगायतका समस्या न्युनीकरणमा सहयोग पुर्‍याउने जिसीको दाबी छ । कर्जाको भ्यालुएसन र कर्जा दिन मिल्ने रकमलाइ समेत गणना गरी छिटो छरीतो र प्रभावकारी सेवा प्रदान गर्न सिथोसको एआईले सहयोग गर्नेछ । सिथोस नेपालका अध्यक्ष दक्ष पौडेलले बैंकिङ क्षेत्रमा मात्र नभई आर्टिफिसियल इन्टिलिजेन्सले धेरै क्षेत्रको व्यवसाय व्यवस्थापनलाई सरल र सहज बनाईदिने छ ।

यसले नेपालको बैंकिङ क्षेत्रको प्राविधिक पक्षलाई झनै मजबुत र सरल बनाउन सहयोग गर्नेछ,’ उनले भने ।
सिथोसले विकास गर्ने एआई बैंकिङ, बिमा, रियलस्टेट, हस्पीटालिटी लगायत विविध क्षेत्र तथा व्यापार व्यवसायमा प्रयोग गरेर खर्च कम गरी आम्दानी वढाउन सकिन कम्पनीको दाबी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३