close

एलजीले ल्यायो लुगाको किसिम पहिचान गर्न सक्ने स्वचालित वासिङ मेसिन

टेकपाना टेकपाना

कात्तिक ४, २०७६ १३:५६

एलजीले ल्यायो लुगाको किसिम पहिचान गर्न सक्ने स्वचालित  वासिङ मेसिन


एलजी इलेक्ट्रोनिक्स (एलजी) ले यो साल अर्थात सन् २०१९ को अन्त्यसम्म विश्वका अधिकांश मुलुकमा डाइरेक्ट ड्राइभद्धारा सञ्चालित थिंकक्यू एआई युक्त फ्रन्ट लोडेड वासिङ मेसिन विस्तार गर्ने भएको छ ।

एआई डीडी ट्रेडमार्कयुक्त नयाँ वासिङ मेसिनले लुगाको तौल र लुगाको किसिम निर्धारण गरि कपडा धुनेछ । वासिङ मेसिनले कपडामा कुनै असर नगरी छोटो समयमा उत्कृष्ट धुलाई गर्ने कम्पनीको दाबी छ ।
एलजीको एआई डीडी प्रविधिका लागि धुलाई सम्बन्धि २० हजार भन्दा बढी जानकारी उपलब्ध गराइएको छ ।

त्यसैका आधारमा वासिङ मेसिनले लुगाको प्रकार र तौल अनुसार अनुकुल धुलाई गर्नेछ । जसले कपडालाई एकदमै सफा धुलाई दिनुका साथै कपडाहरु खराब हुनबाट १८ प्रतिशतसम्म जोगाउने बताइएको छ ।
वासिङ मेसिनमा प्रयोग गरिएको टर्बो वास ३६० मार्फत जम्मा ३९ मिनेटमा कपडाको धुलाईको काम सम्पन्न गर्नेछ ।

यसको थ्रीडी मल्टिस्प्रेले लुगालाई छोटो समयमा सफा बनाउन थप मद्धत गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसले प्रयोगकर्ताको समय बचत हुनेछ । एलजीएआई डीडी वासिङ मेसिनले एलजी मिनी वाससँगको सहकार्यमा लुगालाई दुई तर्फी धुलाई गर्न मद्दत गर्नेछ ।

ए प्लस प्लस प्लस रेटिङ पाएको यो वासिङ मेसिनमा प्रयोग भएको इन्भर्टर प्रविधिले यसको स्थायित्व र दक्षतालाई बढाएको छ । प्रतिफल स्वरुप यसमा १० वर्ष वारेन्टी प्रदान गरिएको छ । एआई युक्त वासिङ मेसिनले आवजलाई पहिचान गरेर पनि काम गर्ने छ । जसले प्रयोगकर्तालाई वासिङ मेसिनमा अझ सहजता प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

‘थिंकक्यु एआई प्रविधि र एलजीको परिचित डाइरेक्ट ड्राइभ प्रविधिको मिश्रणले प्रयोगकर्तालाई वासिङ मेसिनको विश्व बजारमै नयाँ अनुभव प्रदान गर्नेछ ।,’ एलजी इलेक्ट्रोनिक्स होम एप्लाइन्स एण्ड एयर सोलुसन कम्पनीका अध्यक्ष संङ डेइ ह्युनले भने, ‘यसले विश्व बजारमा ग्राहकको मन जित्न सफल हुनेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३