close

कानून विपरीत सामसङ बिरुद्ध साओमीको विज्ञापन

टेकपाना टेकपाना

कात्तिक ४, २०७६ १५:३३

कानून विपरीत सामसङ बिरुद्ध साओमीको विज्ञापन

मोबाइल निर्माता कम्पनी साओमीको नेपाल स्थित बिक्रेताले प्रतिस्प्रर्धी कम्पनी सामसङ विरुद्ध विज्ञापन गरेको पाइएको छ । सामसङ मोबाइलको तुलनामा आफ्नो मोबाइल अब्बल रहेको भन्दै साओमीले आफ्नो फेसबुक पेज ‘एमआई नेपाल’ बाट तिहार अफरको रुपमा भ्रमपूर्ण विज्ञापन गरेको हो ।

प्रतिस्प्रर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐनले भ्रमपूर्ण विज्ञापनलाई गैह्रकानूनी भनेको छ । ऐनको दफा १० मा उल्लेख छ, ‘कुनै वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने व्यक्ति वा प्रतिष्ठानले प्रतिस्प्रर्धालाई नियन्त्रण वा सीमित गर्ने उद्देश्यले भ्रमपूर्ण विज्ञापन गर्न गराउन हुँदैन ।’

ऐनको यो व्यवस्था अनुसार कुनै व्यक्ति वा प्रतिस्ठानले उत्पादन तथा वितरण गरेको वस्तु वा सेवाको बजार प्रतिकूल हुने गरी त्यस विरुद्ध विज्ञापन गर्न पाइदैन । त्यसैले साओमीले गरेको विज्ञापन ऐन विपरीत देखिएको हो ।

साओमीले सामसङको ग्यालेक्सी ए ५० सँग आफ्नो रेड्मी प २० प्रोलाई तुलना गर्दै विज्ञापन गरेको छ । विज्ञापनमा क्यामेरा, ब्याट्री चार्जिङ, स्क्रिन, लिड, फेज डिटेक्सन अटोफोकस र प्रोसेसरमा आफूलाई अब्बल देखाउन खोजिएको छ ।

साओमीले आफ्नो मोबाइल विरुद्ध गरेको विज्ञापनको विषयमा आन्तरिक छलफल भइरहेको सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले जानकारी दिए । ‘यस विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी छलफलमै छौँ,’ उनले भने, ‘त्यसैले अहिले नै प्रतिकृया दिन सकिने अवस्था छैन ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३