close

ओप्पो रेनो टू एफको बिक्री सुरु, पहिलाे फोन किन्नेलाई विशेष उपहार

टेकपाना टेकपाना

कात्तिक ६, २०७६ १६:४६

ओप्पो रेनो टू एफको बिक्री सुरु, पहिलाे फोन किन्नेलाई विशेष उपहार

मोबाइल निर्माता कम्पनी ओप्पोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनो टू एफको बिक्रि सुरु गरेको छ । ओप्पोले शुक्रबार पाको न्यूरोडमा रहेको आफ्नो आधिकारिक शोरुममा आयोजित फस्टसेल कार्यक्रम मार्फत बिक्रि आरम्भ गरेको हो ।

ओपो रेनो टू एफका लागि आयोजित फस्ट सेल कार्यक्रममा नायिका तथा ओपो नेपालकी ब्राण्ड फ्रेण्ड स्वस्तिमा खड्काको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा उनले अग्रिम बुकिङ गर्ने तथा सोही दिन फोनको खरिद गर्ने उपभोक्तालाई आफ्नो हस्ताक्षर सहतिको फोन तथा विशेष उपहार हस्तान्तरण गर्नुका साथै ईच्छुकसँग सेल्फी तथा तस्विर समेत खिचेकी थिइन् ।

कम्पनीका अनुसार रेनो टू एफमा क्वाड (चारओटा) क्यामरा छन् । त्यसमा ४८मेगापिक्सेलको अल्ट्रा क्लियर मेन लेन्स, ८ मेगापिक्सेलको वाइड एंगल लेन्स, एउटा मोनो लेन्स र २ मेगापिक्सेलको पोट्रेट लेन्स रहेका छन् । क्यामरामा एफ १.७९ अपार्चर र १ र २.२५ इन्च सेन्सर दिइएको छ ।

कम्पनीका अनुसार यो फोन फोटोग्राफिका साथै भिडियोग्राफिको लागि पनि उत्तिकै महत्वपूर्ण हुनेछ । त्यस्तै ओप्पोले गेमर्सलाई ध्यानमा राख्दै चार हजार एमएएच (टीवाईपी) ब्याट्री स्मार्टफोनमा राखेको छ । यो ब्याट्रीलाई मोबाइल गेम खेल्दै गर्दाको बखतमा समेत चार्ज गर्न सकिने उल्लेख छ ।

फोनमा स्मार्ट एआई रेफ्रिजेरेटरको ब्यवस्था पनि छ । यसले मोबाइल प्रयोगमा नभएको बेला एपलाई फ्रिज गरी ब्याट्री बचतमा सघाउँछ । त्यसकालागि फोनमा भोक फ्ल्याश चार्ज ३.० प्रविधि प्रयोगमा ल्याइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार भीएफसी फास्ट चार्जिङ अल्गोरिदमले प्रत्यक्षरुपमा ट्रिक्लिङ चार्जिङको गति बढाएर ३० मिनेटमा ५१ प्रतिशत चार्ज गर्ने बताइएको छ । यसको बजार मुल्य ४६ हजार नौ सय ९० रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३