close

अपडेटको नाममा फोन ‘स्लो’ गर्छन् मोबाइल निर्माता कम्पनी

टेकपाना टेकपाना

कात्तिक ६, २०७६ १४:५६

अपडेटको नाममा फोन ‘स्लो’ गर्छन् मोबाइल  निर्माता कम्पनी

के फोनमा नयाँ अपडेट भएपश्चात तपाईंलाई आफ्नो फोन स्लो भएको महसुस भएको छ ? त्यस्तो भएको छ भने त्यो मोबाइल निर्माता कम्पनीले नै गरेको हुन सक्छन् ।

पछिल्लो समय मोबाइल फोन कम्पनीहरुले अपडेटको नाममा आफ्ना पुराना मोबाइल फोन स्लो गर्ने गरेको पाइएको छ । विभिन्न सेवा र प्रणाली अपडेट गर्दा मोबाइल फोन नै स्लो हुने गरेको एक अध्ययनले देखाएको छ । विषेश गरि मोबाइल फोन निर्माता कम्पनीहरुले पुराना मोबाइल फोनमा सिस्टम अपडेट गराई नयाँ फोनमा ग्राहकलाई तान्ने रणनीति लिएको पाइएको छ ।

ग्राहकले प्रयोग गरिरहेका पुराना मोडलका फोनमा उपलब्ध गराइएको नयाँ अपडेटले पुराना फोनको सिस्टममा समस्या आउने हुन्छ । नयाँ अपडेट पुरानो मोबाइलको क्षमताले धान्न समेत सक्दैन । जसले मोबाइल फोन स्लो हुने गरेको हो ।

यसअघि सन् २०१८ को अन्त्यतिर मोबाइल फोन स्लो गरेकै कारण एप्पल र सामसङ इटालीमा कारवाहीमा परेका थिए । आईफोन ६ मा आईओएस १० अपडेट गर्दा मोबाइल नै स्लो भएको भन्दै इटालीमा एप्पललाई करिब ५७ लाख अमेरिकी डलर जरिवाना तिराइएको थियो ।

यस्तै सामसङलाई पनि ५७ लाख अमेरिकी डलर नै जरिवाना गरिएको थियो । सामसङ ग्यालेक्सी नोट सेभेनमा आएको एन्ड्रोइड मार्समेलो ६.०.१ सिस्टमलाई नोट ४ मा उपलब्ध गराएर मोबाइल फोन स्लो गरिएको भन्दै सामसङलाई कारवाही गरिएको थियो ।

यसको प्रमुख कारण ग्राहकलाई नयाँ फोन किन्न वाध्य पार्नु रहेको छ । पुरानो फोनलाई स्लो बनाएर नयाँ फोन किन्न वाध्य पारेकै कारण इटालीले दुई कम्पनीलाई कारवाही गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३