close

बाबा रामदेवको बदनाम गर्ने सबै पोस्ट हटाउन फेसबुक, ट्विटर र गुगललाई आदेश

टेकपाना टेकपाना

कात्तिक ७, २०७६ ११:२३

बाबा रामदेवको बदनाम गर्ने सबै पोस्ट हटाउन फेसबुक, ट्विटर र गुगललाई आदेश

दिल्लीको उच्च अदालतले योग गुरु बाबा रामदेवलाइ बदनाम गर्ने विश्वव्यापी कन्टेन्ट हटाउन फेसबुक, ट्विटर र सर्च इन्जिन गुगललाई आदेश दिएको छ । यस्तो किसिमको आदेश जारी भएको दिल्ली अदालतका लागि पहिलो उदाहरण हो ।

न्यायाधीश प्रतिभा एम सिंघका अनुसार यस्तो आदेश तुरुन्त र प्रवाभकारी रुपमा लागू गर्नुपर्नेछ । आदेश अनुसार भारतबाट अपलोड गरिएका रामदेवलाई बदनाम गर्ने भिडियो, वेबलिंक र युआरएल हटाउन तथा ब्लक गर्नुपर्नेछ ।

योगगुरु रामदेवकै अनुरोधमा फेसबुक, ट्विटर र गुगललाई यस किसिमको आदेश अदालतले दिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३