close

एक सय ८६ देशका रोबोटसँग प्रतिस्पर्धा गर्दै नेपाली रोबोट

टेकपाना टेकपाना

कात्तिक ७, २०७६ १२:६

एक सय ८६ देशका रोबोटसँग प्रतिस्पर्धा गर्दै नेपाली रोबोट

अन्तरराष्ट्रिय रोबोट ओलम्पिक्समा नेपाली टोलीले पनि सहभागीता जनाउने भएको छ । फस्ट ग्लोबल इन्टरनेशनलले दुबईमा आयोजना गर्न लागेको अन्तराष्ट्रिय रोबोट ओलम्पिक्समा नेपालबाट युएआरसी–१ टिमले भाग लिने भएको हो ।

प्रतियोगिताका लागि रोबोटिक्स एशोसिएसन अफ नेपालको सहकार्यमा युएआरसी–१ टिम प्रतिस्पर्धामा जान लागेको छ । युएआरसी–१ यन्त्र ७.० बिजयी टिम हो । उक्त टिममा शिशिर सुबेदी, श्रीजन घिमिरे, प्रवीनबहादुर थापा, सार्थक सेन, आदित्य ढुंगाना, उमंग रेग्मी रहेका छन् । उनीहरु सबै १५ देखि १८ वर्ष उमेरका छन् ।

६ जनाको उक्त टोली बुधबार दुबईतर्फ प्रस्तान गरिसकेको छ । आजबाट कात्तिक १० गते सम्म आयोजना हुने उक्त कार्यक्रममा एक सय ८६ राष्ट्रका प्रतिस्पर्धिको सहभागीता रहने छ । एक सय ८६ देशबाट आएका रोबोटसँग नेपाली रोबोटले प्रतिस्पार्धा गर्ने जनाइएको छ ।

नेपाली टोलिले प्रतिस्पर्धाको लागि आवश्यक रोबोट १५ दिन अघि नै तयार गरिसेको थियो । सम्पूर्ण परिक्षण सम्पन्न गरी टोलि प्रतिस्पर्धाको लागि प्रस्थान गरेको रोबोटिक्स एशोसिएसन अफ नेपालले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३