close

तिहारमा एनसेलको फोरजी डेटा तीन सय प्रतिशत सस्तो

टेकपाना टेकपाना

कात्तिक ७, २०७६ १३:५०

तिहारमा एनसेलको फोरजी डेटा तीन सय प्रतिशत सस्तो

मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्राईभेट लिमिटेडले तिहार र छठ पर्वको अवसारमा आफ्ना ग्राहकका लागि फोरजी डेटामा बोनस दिने भएको छ । यस योजना अन्तर्गत सामान्य अवस्थाको तुलनामा ग्राहकले तीन सय प्रतिशत सस्तो मूल्यमा डाटा प्रयोग गर्न सक्नेछन् ।

अफर अन्तर्गत एक दिन समयावधि भएको ७५ एमबी डेटा र सात दिनको समयावधि भएको पाँच सय एमबीको डेटा प्याक खरिद गर्ने ग्राकहले चार गुणा बढी डेटा भोल्युम पाउनेछन् । एनसेलका अनुसार यो अफर बिहीबारबाट लागु भई १५ दिन सम्मका लागि सञ्चालनमा रहने छ ।

कर बाहेक १५ (कर सहित १९.१५) रुपैयाँ शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले दुई सय २५ एमबी थप फोरजी डेटा पाउनेछन् । यसको मतलब ग्राहकले कुल तीन सय एमबी डेटा पाउनेछन् । त्यसैगरी कर बाहेक ७५ (कर सहित ९५.७७) रुपैयाँ शुल्कमा आउने पाँच सय एमबीको खरिदमा थप १५ सय एमबी फोरजी डेटा बोनस स्वरुप पाउनेछन् । यसरी कुल दुई हजार एमबी डेटा पाउन सक्ने एनसेलले जनाएको छ ।

ग्राहकले * ७१२३ * ४४# डायल गरी वा एनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्छन् । यस अफर अन्तर्गत पाईने बोनस डेटा भोल्युम ग्राहकले फोरजी चल्ने मोबाइल सेट र सिम प्रयोग गरी फोरजी नेटवर्क संचालनमा रहेका स्थानहरुमा चलाउन सकिने छ ।

चाडपर्वको अवसरमा सञ्चालनमा ल्याइएको यस अफरले ग्राहकलाई थप सुविधा प्रदान गर्ने र आफन्त, परिवारजन र साथीभाईबीच सम्पर्कमा रहि रहन, शुभकामना आदानप्रदान तथा खुसी साटासाट गर्न मद्द पुर्याउने विश्वास एनसेलले लिएको छ ।

यस अफरबाट फाइदा लिन फोरजी सिम नभएका ग्राहकले एनसेल सेन्टरमा गई आफ्नो सिमलाई फोरजी सिम अर्थात युसिमसँग साट्न सक्नेछन् । यसको लागि एक रुपैयाँ शुल्क लाग्छ । यस प्रक्रिया मार्फत युसिम लिने ग्राहकले सात दिनको समयसिमा रहेको एक जिबी डेटा पनि पाउनेछन् ।

यो डेटा दिनको समयमा अर्थात बिहान ५ देखि साँझ ५ बजेको समयमा प्रयोग गर्न सकिने छ । युसिम लिएपछि ग्राहकले *३२४# डायल गरि फोरजी सेवाको फाईदा लिन सक्ने एनसेलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३