close

क्वान्टम कम्प्युटरमा गुगलले हात पार्‍यो सफलता, वर्षौ लाग्ने काम अब केही मिनेटमै गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक ८, २०७६ १७:२

क्वान्टम कम्प्युटरमा गुगलले हात पार्‍यो सफलता, वर्षौ लाग्ने काम अब केही मिनेटमै गर्न सकिने

गुगलले क्वान्टम कम्प्युटरको रिसर्चमा सफता हात पारेको छ । लामो समय देखी परिक्षण गर्दै आएको गुगलले क्वान्टम कम्प्युटरको सफल परिक्षण गरेको जनाइएको छ । गुगलका अनुसार वान्टम कम्प्युटरले पुराना सुपर कम्प्युटरलाई वर्षौ लाग्ने हिसाब केही मिनेटमै हल गर्न सफल भएको छ ।

गुगलले हात पारेको यो सफलताले अबको केही वर्षमा कम्प्युटरको क्षमता सयौं गुणले बढ्नेछ । भने, हाल वर्षौ लाग्ने काम केही मिनेटमै गर्न सकिने छ । बुधबार साइन्स जर्नल नेचरमा प्रकाशित सुचना अनुसार गुगलले परिक्षण गरेको क्वान्टम कम्प्युटरको स्पिडलाई सिस्टमकै रुपमा विकास गरि व्यवसायीक रुपमै अघि बढाउन सकिने छ ।

लामो समय देखी दु्रत गतिमा सुचना प्रासेसिङको भविश्यका रुपमा क्वान्टम कम्प्युटरलाई हेरिएको थियो । जसको निमार्णमा विश्वाका ठुला–ठुला कम्पनीहरु यसको निमार्ण जुटेका थिए । जसमा गुगल, माइक्रोसफ्ट, आईबीएम र इन्टेल लगाएतका कम्पनी रहेका छन । त्यसबिचमा गुगगलले भने, पहिलो सफलता हात पारेको हो । यसले अन्य कम्पनीलाई धक्का पुगेको छ ।

गुगलले परिक्षण गरेको क्वान्टम कम्प्युटरमार्फत सुपर कम्प्युटरलाई वर्षौ समय लाग्ने काम केही मिनेटको अन्तरालमै सम्पन्न गर्न सकिएको छ । यतिसम्मकी औषधी पत्ता लगाउन, सहर व्यस्थापन गर्न र यातायात व्यवस्थापनमा हाल देखिएको समस्या समधानको लागि यो उपयोगी हुने जनाइएको छ । छोटो समयमा लिने डीसीजनमा यसले सबैभन्दा महत्वपूर्ण भुमिका निर्वाह गर्ने छ ।

बिट्स र क्विट्स प्रविधिमा आधारित भएर निमार्ण हुने क्वान्टम कम्प्युटरले ‘जीरो’ र ‘वान’ को डाटा भ्यालु दर्ता गर्न सक्ने जनाइएको छ । जुन मोर्डन कम्प्युटिङको भाषा पनि हो । ‘क्वान्टम वस्तुहरु एकै पटकमा धेरै स्थानमा हुन सक्छ,’ मेरिल्याण्ड युनिभर्सीटीका फिजिसिस्ट तथा क्वान्टम स्टार्टअप आईओएनक्युका संस्थापक क्रिस मुनरोले भनेका छन, ‘त्यसैले यसको काम गर्ने तरिका सहज भएतापनि गोलमाल अवस्थामा रहेकाले त्यसबाट सहि छनोट गरेर रिजल्ट दिनु यसको चुनौतीको विषय हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३