close

घरलाई यसरी बनाउनु होस् स्मार्ट

टेकपाना टेकपाना

कात्तिक १०, २०७६ १४:३०

घरलाई यसरी बनाउनु होस् स्मार्ट

‘स्मार्ट होम’ अर्थात स्वचालित घर । जहाँ तपाईले इन्टरनेटको सहायताले एक मेसिन र अर्को मेसिनबीच अन्तक्रिया गराई तोकिएको काम गर्न सक्नुहुन्छ। बोलेको भरमा कतिपय विषयलाई नियन्त्रर्ण गर्न सक्नुहुन्छ ।

यसको अर्थ हो तपाईले आफ्नो अफिसमा बसेर घरमा बत्ति अन-अफ गर्नसक्नु हुन्छ । राइसकुकरमा खाना पाकिसकेछि अफ गर्न सक्नुहुन्छ । घरको रेफ्रिजेरेटर अफिसमा बसेर अफ गर्न सक्नुहुन्छ । पानीतान्ने मेसिनको बत्ती रिमोटको भरमा चलाउन सक्नु हुन्छ । अफिबाट घर फर्किदै हुनुहुन्छ, घर अगाडि पुग्दा गाडीबाटै बटन थिचेर गेट खोल्न सक्नु हुन्छ ।

यो त भयो स्मार्ट होम । स्मार्ट होमको परिकल्पना सँगै स्मार्ट होममा प्रयोग हुने स्मार्ट डिभाइसको निमार्णले पनि व्यापकता पाउन थालेको छ । पछिल्लो सयम स्मार्ट होमका लागि आवश्यक साउण्ड सिस्टम, सुरक्षाको लागि अलार्म सिस्टम, वाईफाई किट, वायरलेस लाइटिङ लगायत सिस्टमको विकास भएको छ । विकास भएका सबै उपकरण नेपालमा उपलब्ध नहुन सक्छन्, तर पनि यहाँ केहि नयाँ स्मार्ट डिभाईको विषयमा चर्चा गर्नेछौं ।

अमेजन ईको

सार्वजनिक भएको तीन वर्षपछि अमेजनले सन् २०१९ मा आएर ‘अमेजन इको’ बजारमा ल्याएको छ । आज भन्दा तीन वर्ष अघि सार्वजनिक गरिएको उक्त स्पिकरलाई कम्पनीले अबको समय यो डिभाईको लागि उपयुक्त समय भएको भन्दै परिष्कृत भर्सनमा सार्वजनिक गरेको हो ।

अमेजनले सार्वजनिक गरेको यो स्पिकर मान्छेको आवाजले नियन्त्रर्ण गर्न सकिने किसिमको छ । जुन गुगलको ‘गुगल होम’ र एप्पलको ‘होमपड’ भन्दा उत्कृष्ट रहेको दाबी गरिएको छ । यसमा तपाईले बोलेको भरमा गित सेलेक्ट गर्न, परिवर्तन गर्न, खोल्न र बन्द गर्न लगायतका काम गर्न सक्नुहुन्छ । यो डिभाइसलाई आवाजका साथै मूल्यको हिसावले पनि अन्य कम्पनीको तुलानमा अब्बल मानिएको छ । यसको बजार मूल्य ८० अमेरिकी डलर तोकिएको छ ।

अमेजन क्ल्याउड क्याम

‘अमेजन क्ल्याउड क्याम’ ले क्यामराको मात्रै काम गर्दैन । यसले तपाईको घरलाई सुरक्षित राख्न पनि मद्धत गर्छ । यदि तपाई घर बाहिर हुनुहुन्छ र तपाईको घरमा कोही मान्छे आए भने यसले तपाईको मोवाइलमा फोटो पठाउँछ । यदि कुनै किसिमको संकास्पद वस्तु उसको सरिरमा छ भने, तपाईको मोवाइलमा अर्लाम बजाइदिन्छ । एउटा घरको सुरक्षाको लागि यो भन्दा अरु के चाहियो ? तर, यतिमात्रै होइन यसमा निशुल्क क्ल्याउड स्टोरेज पनि उपलब्ध गराइएको छ । यसको अर्थ क्यामराले रेकर्ड गरेको भिडियो, फोटोको लागि छुट्टै मेमोरीकार्ड किन्नु परेन । यो जडान गर्न सहज र सस्तो पनि छ । यसको मूल्य एक सय २० अमेरिकी डलर तोकिएको छ ।

स्मार्ट लक होम किट

स्टार्टअप कम्पनी अगस्टले सन् २०१५ मा दोस्रो पुस्ताको स्मार्ट लक चाँडै बजारमा ल्याउने घोषणा गरेको थियो । जुन अब बजारमा आएको छ । कम्पनीले स्मार्ट लक २.० सार्वजनिक गरेको छ । जसको बजार मूल्य दुई सय २९ अमेरिकी डलर रहेको छ । घरको मेन ढोकामा सुरक्षाको लागि रािखने यो होम किट् अमेजन र वेष्ट वाईको उत्पादन भन्दा उत्कृष्ट रहेको जनाइएको छ । जसले घरको मेन ढोकमा लगाइएको लक टिकाउ र भरपर्दो होस भन्ने चाहन्छ त्यसका लागि यो उत्पादन उत्कृष्ट हुनेछ । आकर्षण डिजाईनमा आएको स्मार्ट लक सिस्टमले घरको सुरक्षाका लागि घर मालिकलाई मोबाइलमा सुचित गर्ने देखी फोटो खिच्ने सम्मको काम गर्छ । मोबाइलमा कनेक्ट गरि तपाईले मोवाइलबाटै ढोका खोल्न र ढोका पूर्ण रुपमा लागे नलागेको हेर्न समेत सक्नु हुनेछ ।

मेमो मिनी वाईफाई स्मार्ट प्लग

बेल्किनले यो वर्ष एप्पलको सीरीसँग कनेक्ट गर्न सक्ने वाईफाई स्मार्ट प्लगको निमार्ण गर्‍यो । स्मार्ट होमको लागि तयार गरिएको यो वाईफाई स्मार्ट प्लगले छोटो समयमै चर्चा बटुल्यो । त्यसको कारण थियो, यो गुगल होम, एप्पल होम किट र अमेजनको एलेक्सा सँग सबैभन्दा राम्रोसँग कनेक्ट हुने डिभाइस थियो । जुन घरमा गुगल होम, एप्पल होम किट र अमेजनको एलेक्साका स्मार्ट होम डिभाइस छन्, त्यसलाई एकै ठाउँबाट नियन्त्रर्ण गर्न बेल्किनले मिनी वाईफाई स्मार्ट प्लग ल्यायो । जसलाई तपाईले मोवाइलको चार्जर जस्तै जोडेको भरमा उक्त बिजुलीबाट सञ्चालन भएको सम्पूर्ण डिभाइसलाई एकै पटक नियन्त्रर्ण गर्न सक्नुहुन्छ । यसको मूल्य जम्मा २५ अमेरिकी डलर तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३