close

ट्वीटरले फेसबुकको ‘लिब्रा’लाई साथ नदिने

टेकपाना टेकपाना

कात्तिक ११, २०७६ ११:४१

ट्वीटरले फेसबुकको ‘लिब्रा’लाई साथ नदिने

माइक्रो ब्लगिङ साइट ट्वीटरका सीईओ ज्याक डोर्सीले फेसबुकको विवादित क्रिप्टोकरेन्सी परियोजनालाई साथ नदिने बताएका छन् ।

केही दिन अघि अमेरिकाकाे न्युयोर्कमा भएको ट्वीटर मिडिया इभेन्टमा ट्वीटर भविष्यमा लिब्रासँग जोडिदैछ भन्ने प्रश्नको जवाफमा  डोर्सीले असम्भव रहेको बताएका हुन् ।

प्रशिद्ध भुक्तानी कम्पनी स्क्वायरका संस्थापक समेत रहेका डोर्सीले केही समय अघि आफ्नो क्रिप्टोकरेन्सी सम्बन्धि योजना सुनाएका थिए । 

फेसबुकको क्रिप्टोकरेन्सी लिब्राप्रति लक्षित गर्दै उनले त्यो इन्टरनेटको खुला अवधारणाअन्तरगत नरहेको बताए । डोर्सी बिटक्वाइन जस्तै क्रिप्टोकरेन्सीको विकेन्द्रीकृत अवधारणामा भने विश्वास गर्छन् । 

डोर्सीको फेसबुकप्रतिको टिप्पणी यस्तो रुचीपुर्ण समयमा आएको छ कि कतिपय हाइप्रोफाइलहरूले लिब्राप्रतिको आफ्नो समर्थन फिर्ता लिएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३