close

गूगल प्ले स्टोरमा भेटिए जोखिमयुक्त ४२ एप

टेकपाना टेकपाना

कात्तिक १३, २०७६ १८:६

गूगल प्ले स्टोरमा भेटिए जोखिमयुक्त ४२ एप

ईसेट अनुसन्धानकर्ताहरूले गुगलको प्ले स्टोरमा ४२ वटा एडवेयर युक्त एप्स भेटिएको जनाएको छन् । गुगल प्लेस्टोरमा भेटिएका एप्सको विषयमा गुगललाई जानकारी गराइसकेको भएता पनि गुगलले भने ती मध्ये धेरैजसो एपलाई अझै हटाएको छैन ।

अनुसन्धानकर्ताका अनुसार प्लेस्टोरमा ४२ वटा त्यस्ता एप्सहरु छन् जसमा एडवेयर रहेका छन् । जसले अनावश्यक रुपमा विज्ञापनहरू दिईरहेका छन् । जसले प्रयोगकर्तालाई असर पारिरहेको र प्रयोगकर्ताको जानकारी समेत लिइरहेको जनाइएको छ ।

ईसेटका अनुसार ती ४२ वटा एप्स अहिलेसम्म ८० लाख पटक डाउनलोड भईसकेका छन् । सन् २०१८ देखी सञ्चालनमा आएका ती एप्स मध्ये २१ वटा अझै गुगल प्लेस्टोरमै रहेको बताइएको छ । ‘हामीले ४२ वटा एप्स एडवेयरका साथ फेला पारेसँगै गुगलको सेक्युरिटी टिमलाई जानकारी गराएका थियौं,’ ईसेटले भनेको छ, ‘हामीले दिएको जानकारी सँगै २१ वटा एप्स गुगल प्लेस्टोरबाट हटाइएको छ । २१ वटा भने अझै गुगलले हटाएको छैन ।’

हटाइएका एप्सहरू पनि थर्ड पार्टी एस स्टोरमा अझै उपलब्ध रहेको ईसेटले जनाएको छ । ईसेटका अनुसार हेर्दा सामान्य लागेता पनि यी एप्सले प्रयोगकर्ताको हरेर गतिविधिलाई निगरानी गरिरहेका हुन्छन् । एक पटक प्रयोगकर्ताले स्मार्टफोनमा यस्ता एप्स इन्स्टल गरेपछि सो एपले स्मार्टफोनमा नै फूल स्क्रीन भएको विज्ञापन देखाउने गर्दछ भने आफ्नो आइकन हटाएर फेसबुक र गुगलबाट विज्ञापन आएको जस्तो भ्रम सिर्जना गर्ने गरेको पाइएको छ । अझ यस्ता एप्सको सर्टकट आइकन डिलिट गरेपछि यसलाई हटाउन झनै कठिन हुने गरेको उल्लेख छ ।

मोबाइलमा उपलब्ध अन्य एप्सलाई काम गर्न नदिएर धेरै समय आफै सञ्चालनमा भइरहेको हुन्छ । अनुसन्धानकर्ताका अनुसार त्यस्ता एप्सले डिभाइस गूगलको सर्भरबाट प्रिभेन्सन डिटेक्सनमा कनेक्ट छ वा छैन भन्ने समेत चेक गरिरहेको पाइएको छ । यस्ता एडवेयरयुक्त एप्सहरुमा भिडियो डाउनलोडर मास्टर, स्मार्ट ग्यालरी, फ्रि रेडियो एफएम अनलाइन, रिंगटोन मेकर प्रो, स्मार्टनोट फर यु, सेभइन्स्टा, डु रेकडर र ट्यांक क्लासिक लगायतका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३